११ बैशाख २०८१, मंगलबार

मिर्गाैलापीडित श्रीसलाई आर्थिक सहयोग


moneyy

कास्की, ९ साउन । दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीस मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको रु दुई लाख १२ हजार पीडितलाई प्रदान गरिएको छ ।

राजधानी काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ हाल पोखरामा रहेको यहाँको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएको नेपाल पत्रकार महासङ्घ गण्डकीका सचिव रुद्र श्रीसले बताउनुभयो । सचिव श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसलगायतको उपस्थितिमा पीडितलाई सो सहयोग रकम प्रदान गरिएको थियो ।

मिर्गाैला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले अर्थाभावका कारण उपचारमा समस्या भएको पीडित श्रीसले बताउनुभयो । यसअघि पनि जापानमा सङ्कलन गरिएको रु पाँच लाख ५० हजार सहयोग प्राप्त भए पनि चिकित्सकले मिर्गाैला प्रत्यारोपणका लागि रु ३० देखि ४० लाख खर्च हुने बताएकाले सहयोग रकम जुटेमा मिर्गाैला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

नियमित डाइलासिस र थप उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना गर्नुभएको छ । वैदेशिक रोजगारीमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किएको र उपचारको क्रममा ठूलो धनराशि आवश्यक पर्ने भएकाले सहयोग गर्न चाहनेले उहाँको फोन नं ९८४८९५११३५ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !