यदि तपाई दिनदिनै फलफूलको जुस पिउनुहुन्छ भने क्यान्सरको खतरा हुन् सक्छ

यदि तपाई दिनदिनै फलफूलको जुस पिउनुहुन्छ भने क्यान्सरको खतरा हुन् सक्छ

दिनदिनै सोडा पिउँदा तपाईंको तौल बढ्छ अनि क्यान्सरको पनि खतरा हुन्छ । तर सोडा जस्तै गरी फलफूलको जुस पनि दिनदिनै पिउँदा क्यान्सरको खतरा हुने एक नयाँ अध्ययनले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने गुलियो नभएको फलफूलको जुस दिनको १०० मिलिलिटर पिउँदा पनि क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ । अनि दिनदिनै सोडा पिउँदा स्तनमा ट्युमर हुने खतरा २२ प्रतिशतले बढ्छ ।

फ्रान्समा पोषण र स्वास्थ्यबीचको सम्बन्धमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले फलफूलको गुलियो जुस र क्यान्सरबीचको कनेक्सन पत्ता लगाएका हुन् । प्याकेटमा बन्द गरिएको फलफूलको जुसलाई स्वास्थ्यवर्धक भन्दै संसारभरि प्रचार गरिने भए पनि वास्तवमा यो स्वास्थ्यका लागि हानिकारक छ । अनुसन्धानकर्ताहरूले ९७ पेयपदार्थ र १२ वटा कृत्रिम रूपमा गुलियो बनाइएका पेयपदार्थको जाँच गरे । तिनमा कार्बोनेटेड ड्रिंक्स, स्पोर्ट्स ड्रिंक्स, सिरप र प्योर फ्रुट जुस थिए । पूर्णतया शुद्ध भनिने फलफूलको जुस पनि ठिक्क मात्रामा कहिलेकाहीँ मात्र पिउनसपर्छ भनी अनुसन्धानकर्ताहरूले लेखेका छन् । सन् २००९ बाट शुरू गरिएको यस अध्ययनमा एक लाख मानिसलाई संलग्न गरिएको थियो ।-एजेन्सी