८ बैशाख २०८१, शनिबार

महिलाहरुले पढ्नै पर्ने कुरा, कस्तो झुठ बोल्छन् पुरुष विवाहअघि युवतीसगँ ?


माया

कुनै पनि युवतीलाई आफ्नो प्रेममा पार्नका लागि वा विवाहको लागि राजी गर्न युवाहरुले झुठको साहरा लिने गरेका छन् । युवतीलाई इम्प्रेशन पार्नका लागि युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त विवाह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् ।

युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठ कुराहरु

तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन ।

-यसअघि पनि उसले अरु युवतीलाई पनि यसै भनेको हुन्छ ।

योभन्दा अगाडि मेरो कुनै अफेयर छैन ।

-युवाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउँने गर्छ ।

विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन ।

-विवाह अघि चुरोट, रक्सी पिउनेहरुले विवाह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।

विवाहमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।

-विवाहका लागि राजी गराउनका युवाले युवतीलाई यस्तो भन्ने गर्छन् ।

तिम्रो वुवा आमा मेरो पनि त आमा बुवा हो नि यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् ।

-तर विवाह पछि भने उनीहरुले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।

विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु ।

-यसो भन्ने युवाहरुले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !