७ बैशाख २०८१, शुक्रबार

दाह्री पाल्दा लाग्दैनन् यस्ता प्राणघातक रोग


दाह्री पाल्दा लाग्दैनन् यस्ता प्राणघातक रोग ! अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ । स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ । कतिपयले शौखका लागि पनि दाह्री पाल्ने गरेको पाइन्छ । दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि सक्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ ।

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन । त्यस्तै, एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्यनले देखाएको छ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट पनि दाह्री पाल्नेहरु मुक्त हुने अध्ययनले देखाएको छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !