११ बैशाख २०८१, मंगलबार

अनारवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


anar

शरीरलाई फिट र स्वस्थ राख्नका लागि प्रायः सबै फलफुलहरु लाभदायक मानिन्छ । तर खासगरि अनारको जुसले तौल घटाउनमा मद्दत गर्दछ । अनारमा मुख्यतः भिटामीन ‘ए’, ‘सी’, ‘इ’ र फोलिक एसिड र एन्टी एक्सीडेन्ट पाइन्छ । जसले पेटमा रहेका अनावश्यक बोसोहरुलाई घटाउन मद्दत गर्दछ ।

अनार सेवन गर्नुका यी फाइदाहरु

  • नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ ।
  • अनारको सेवनले स्तन क्यान्सर र कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ ।
  • यसले हृदयघातबाट पनि बचाउँछ ।
  • अनारले रगतमा आयरनको कमि हुन दिदैन । जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ ।
  • अनारको सेवनले प्रोस्टेट क्यान्सरको सम्भावना पनि निकै कम हुँदै जान्छ ।
  • गर्मी मौसममा अनारलाई पनि आफ्नो खानेकुरामा प्रयोग गर्न सक्नुपर्दछ। यसले पाचन सम्बन्धी समस्याबाट सँधैका लागि छुट्कारा पाउन सकिन्छ ।
  • अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ । अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ ।
  • नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ ।
  • गर्भवती महिलाहरुका लािग अनारको जुस रामवाण नै मानिन्छ। गर्भवती महिलाहरुले अनारको जुस खाँदा उसको बच्चालाई पनि स्वस्थ बनाउँछ ।
  • बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ । अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन् । लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !