११ बैशाख २०८१, मंगलबार

यदि तपाई सुन्दर आँखीभौं बनाउन चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउनुहोस्


eyes

सुन्दरताको लागि अनुहारमा रौँ नहुनु राम्रो मानिन्छ । तर आँखा माथी हुने रौँ अर्थात आँखीभौं भने सुन्दरतामा निखार ल्याउने भाग हो । त्यसैलाई आँखीभौंलाई सुन्दर बनाउनको लागि आफूले चाहे अनुसारको आकार बनाउन युवायुवती पार्लर समेत धाउने गर्छन् । केही महिलामा भने अनुहारको अरु भाग चिल्लो हुन्छ र आँखीभौं पनि निकै पातलो हुन्छ । जसले गर्दा उनीहरुले कालो गाजल लगाएर आँखीभौंको आकार बनेका हुन्छन् ।

तर अरुले हेर्दा, त्यो अस्वाभाविक र भद्दा देखिन्छ । त्यस्तै, पानीबाट पनि त्यसलाई बचाउन सकिंदैन । त्यसैले आँखीभौंलाई बढाउने उपाय खोज्नु नै उत्तम हुन्छ । आँखीभौं बढाउनको लागि जैतुन वा तोरीको तेल लगाउनुपर्छ । हरेक दिन बिहान र बेलुका गरि दुईपटक तेल लगाउनुपर्छ । त्यस्तै, अण्डाले पनि आँखीभौं बढाउन मद्दत पुग्छ । यसको लागि एक महिनासम्म, एक दिन बिराएर आँखीभौंमा अण्डाको पहेंलो भाग लगाउनुपर्छ । यी सजिलो घरेलु विधिहरु नियमका साथ अपनाउने हो भने एक महिनामा आँखीभौं बाक्लो हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !