११ बैशाख २०८१, मंगलबार

कति यस्ता ठाउँ पनि छन्, जहाँ एक पटक हाँसेको ४० रूपैयाँ


laughing

हाँसो हरेक रोगको औषधीको रुपमा चिन्निन्छ । हासोले ब्यक्तित्वमा निखार पनि ल्याउने गर्छ । कतिपय मनिसले हासोले नै कस्को स्वभाव कस्तो छ भनेर थाहा पाउने गर्छन् । तर कती यस्ता ठाउँ पनी छन । जहाँ हासेको पनि पैसा तिर्नु पर्छ । हाँसेको पनि पैसा ? तपाईं अचम्म पर्नुभयो होला हैन ? पैसा तिर्नबाट जोगिन तपाईंले नहाँसेको अभिनय गर्न पनि सक्नुहुन्न, मेसिनले च्याप्प समातिहाल्छ र हाँसोको पैसा तिराउछ । यस्तो अचम्मको क्लब नेपालमा भने खुलिसकेको छैन ।स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले आफुकहाँ आएका दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन शुरू गरेको छ । दर्शक कति हाँसे भन्ने पत्ता लगाउन उक्त कमेडी क्लबले प्रत्येक टेबलमा ‘अनुहारको हाउभाउ चिन्ने प्रविधि फेसियल रिकग्नीसन टेक्नोलोजी’ जडान गरेको छ ।उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

उक्त क्लबले एकपटक हाँसेको ३७ सेन्ट अर्थात करीब ४० रुपैयाँ जति तिर्नुपर्छ । यस्तो मूल्य कुर्चीमा बस्ने व्यक्ति मुर्छा परेर हाँसेको रहेछ भने बढ्न पनि सक्छ । तर त्यहाँ बसेर पनि कोही हाँसेन भने पूरै शो अवधिभर पैसा नै नतिर्नुपर्ने पनि हुनसक्छ । २०१४ मा शुरू भएको उक्त क्लबका म्यानेजरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै ग्राहकको कुनै कमी नरहेको बताए ।नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने भनेर क्लबले घोषणा गरेपछि केही दर्शक जति हाँसो लागेपनि चुप लाग्ने भन्दै भित्र छिरे । तर उनीहरूको अनुहारको हाउभाउ हेर्दा मुस्कुराएको देखेपछि उनीहरूले आनन्द लिएको भन्दै मेसिनले टिकटको शूल्क लगाइदियो । उक्त कमेडी क्लबको सिको गर्दै अहिले स्पेनमा आधा दर्जन भन्दा बढी त्यस्तै क्लब खुलिसके लोकन्तरमा छापिएको छ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !