१२ बैशाख २०८१, बुधबार

यदि तपाई छिटो गर्भधारण गर्न चाहनुहुन्छ भने यसो गर्नुहोस्


गर्भवती

हामी मध्ये धेरैले सि फुड अर्थात सामुद्रीक खानेकुरा स्वादको लागि मात्रै खान्छौं । सौन्दर्यका लागि पनि सि फुडले फाइदा गर्छ । सि फुडमा पाइने प्रोटिनका कारण कपाल तथा छालाको सुन्दरता बढाउँछ भन्ने मान्यता रहेको छ । तर सि फुड छिटो गर्भधारणका लागि उपयोगी भएको कुरा हालैको एक अध्ययनले पुष्टि गरेको छ । सि फुडले प्रजनन् क्षमताको बिकासमा महत्वपूर्ण सहयोग पुग्ने प्रमाणितनै भएको छ । द इन्डोक्राइन सोसाईटीले गरेको अध्ययनका आधारमा जर्नल अफ क्लिनिकल इन्डोक्रोनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धान अनुसार सन्तान चाहने जोडीले आफ्नो खानामा सि फुडको प्रयोग गर्दा उनीहरुमा यौन शक्ति बढ्ने र अन्य महिलाको तुलनामा सि फुड खाने महिलामा छिटो गर्भधारण हुने उल्लेख छ ।

खाद्य तथा औषधि प्रशासन र पर्यावरण संरक्षण एजेन्सीका अनुसार संयुतm राज्य अमेरिकामा माछा मार्ने लगभग ५० प्रतिशत महिलाले आफैंले माछा सेवन गर्दैनन् । महिलालाई एक हप्तामा दुई देखि तीन पटक माछा खाने सल्लाह दिने गरिन्छ । अध्ययनका शोधकर्ता आन्ड्रे गास्किन्सका अनुसार समुद्री भोजनका प्रजनन संग धेरै लाभहरु छन् । गर्भधारण तथा यौनशक्ति सक्रिय हुने सि फुड स्वयंम माछा मार्ने महिलाले सेवन नगरेको उनको तर्क छ । आन्ड्रे भन्छिन ‘विवाहित जोडी जो छिटो सन्तान जन्माउन चाहान्छन उनीहरुले हप्तामा दुईपटक भन्दा बढि सि फुड खानु पर्छ ।’

सामुद्रिक भोजनको सेवन र त्यो अवधिमा भएको शारीरिक सम्बन्धको बारेमा जर्नलमा छापिएको सामाग्री अनुसार हप्तामा पटक भन्दा बढि सि फुड सेवन गर्ने महिला मध्य ९२ प्रतिशत गर्भवती भएको देखिएको छ । अध्ययनमा संलग्न महिला गर्भवती हुन चाहेका र आफ्नो श्रीमानसंग नियमित सम्पर्कमा थिए । अध्ययन अनुसार सामुन्द्रीक खानेकुरा प्रजनन् क्षमताको बिकासका लागि निकै लाभदायक छ । कतिपयले यौन शक्ति बढाउनका लागि यसको प्रयोग गरेका र त्यो निर्णय सहि भएको पनि अध्ययनमा उल्लेख छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !