८ बैशाख २०८१, शनिबार

चार वर्षदेखि आइसियू सेवा सञ्चालनमा आएन


अस्पताल

भीमदत्तनगर, ४ असार । बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष(आइसियू )सेवा अझै सञ्चालनमा आउनसकेको छैन । आर्थिक वर्ष २०७१/७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको भए पनि त्यसका लागि आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको छ ।

“आइसियू त स्थापना भए तर चिकित्सकसहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो”, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भन्नुभयो, “पटक–पटक सञ्चालन गर्न पहल भए पनि केही भएन ।”

सङ्घ र प्रदेश सरकारमा आइसियू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।

स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ । २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन् ।

“आइसियू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०/१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ”, सूचना अधिकृत अवस्थीले भन्नुभयो, “चिकित्सक र आइसियू सञ्चालनका लागि मन्त्री तथा सांसदहरुसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।” उहाँले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रधानमन्त्री कप क्रिकेट आजबाट

कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हँुदैछ । राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको आयोजनामा हुने प्रतियोगिताका लागि सबै तयारी मङ्गलबार साँझ पूरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा उपाधि विजेताले रु चार लाख नगद, ट्रफीसहित पुरस्कृत हुने आयोजकले जनाएको छ भने प्रतियोगितामा दोस्रो हुने टिमले रु तीन लाख नगद, ट्रफी र तेस्रो हुने टिमले रु दुई लाख नगदसहित पुरस्कृत हुनेछन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !