१२ बैशाख २०८१, बुधबार

रक्सी धेरै पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ? यस्ता छन् कारणहरु


alcohol addiction – drunk businessman holding a glass of whiskey on the table

आज भोलिका मानिसहरुको प्रश्न यही हुन्छ हिजोको ह्याङओभर अझै छाडेन । तर ह्याङओभर किन भइरहको छ भन्ने सबैलाई थाहा नहुन पनि सक्छ । मानिसहरू यसलाई धेरै पिएपछि भएको ह्याङओभर हो भन्छन् । हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङओभर हट्छ पनि भन्छन् । अधिक रक्सी पिएपछि प्राय : मानिसहरू ह्याङओभर भएको बताउँछन् । तर कुन उपायले तपाईँलाई ताजा बनाउला ? त्यस्तो कुनै उपाय छ कि छैन ?

किन हुन्छ त ह्याङओभर ?

विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिँगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन । रक्सी इथानोलबाट बन्छ । यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो ।

यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ । यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ । केही वैज्ञानिकहरू ह्याङओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास बताउछन् । तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ । केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन् ।

कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ । त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरकफरक हुन्छ । साथै पिउनुको असर वा ह्याङओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !