७ बैशाख २०८१, शुक्रबार

यस्तो कारणले गर्दा नङ फुल्छ, रहनुहोस् सावधान ! हु


नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो होइन । समस्या हो ।

नङ फुल्नुका कारण

  • एलर्जी प्रतिकृया

नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसायनले नङको भित्री भागमा असर गर्छ ।

  • नङमा चोट

नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइते भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ ।

  • क्यल्सियमको कमी

क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।

  • प्रोटिनको कमी

प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।

  • जिंकको कमी

मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।

  • गम्भीर रोगको लक्षण 

नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन ।

समाधानका उपाय

  • भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने
  • मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ
  • क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस
  • भिटामिन सि युक्त फलफुल खाने
  • जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने-एजेन्सी

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !