१३ बैशाख २०८१, बिहिबार

डिप्रेसन रोगको प्राकृतिक उपचार


depression
राम ठकुरी
राम ठकुरी

 

 

 

 

आजको ब्यस्तता र भागदौडको आधुनिक जमानामा मानिसहरु सर्ने भन्दा नसर्ने खालका विभिन्न रोगहरुवाट ग्रसित हुँदै छन । यस्तै रोगहरुमध्य यहाँ डिप्रेसन रोगको प्राकृतिक उपचार विधी प्रस्तुत गरिएको छ ।

डिप्रेसन रोगको प्रमुख लक्षण हरु

थकान, दुःखी मुड, कम सेक्स ड्राइभ, भोकको कमी, असहायपनको भावना र बिसयमा अरुची सहित विभिन्न लक्षणहरु देखा पर्छ ।

रोगको प्रमुख कारणहरु :

तनाव,  भावनात्मक समस्या, न्युरोट्रान्समिटरको असंतुलन, हर्मोन असंतुलन, बढी रक्सी सेवन, पोषणको कमी, सूर्यको किरणको कमी, धातुको विषाक्तता र खानाको एलर्जी।

एक अमेरिकी सरकारी अध्ययन अनुसार डिप्रेसनमा औषधीको प्रयोग फाइदाजनक  नरहेको तथ्य  वाशिंगटन पोस्टले सार्बजनिक गरेको छ । साथै डिप्रेसनमा प्रयोग गरिने औषधिले साइड इफेक्ट गर्ने बताइएको छ । त्यसैले डिप्रेसनमा प्राकृतिक खानाहरु समाबेस गर्दा फाइदा हुने उल्लेख गरिएको छ ।

डिप्रेसनमा फाइदा गर्ने प्रमुख खानाहरु :

स्याचुरेडेड फ्याट : यो फ्याट नरिवल , कच्चा डेरी प्रोडक्स, घास ख्वाइएको पशुको मासु आदिमा पाइन्छ। यो फ्याट न्युरोलोजिकल हेल्थको लागी अत्यन्तै महत्व पुर्ण हुन्छ ।

ताजा माछा : माछामा ओमेघा -३ एस फ्याटी अम्ल पाइने हुँदा यसले मस्तिस्क स्वस्थ्य राख्छ ।

ताजा तरकारी : ताजा तरकारीहरु प्रसस्तै सेवन गर्नाले यसमा पाइने भिटामिन र एन्टिअक्सिडेन्डले मस्तिस्क स्वस्थ्य राख्न सहयोग गर्छ ।

बियाँ : फर्सी, फ्लेक्स, भाँङ को बियामा OMEGA 3S पाइने हुँदा यिनको बिया थोरै मात्रा सलादसँग खादा फाइदा गर्छ ।

डिप्रेसन बढाउने खानाहरु:

गहुँ : गहुँले डिप्रेसनमा एलर्जी गर्नेहुँदा यो सेवन नगर्नु राम्रो हुन्छ ।

हाइड्रोजिनेटेड फ्याट ( ठोस घ्यु)यसले हर्मोनको असन्तुलन गर्ने हुँदा ठोस घ्यु खानामा प्रयोग गर्नु हुँदैन ।

रक्सी : आम मानिसहरु चिन्तामा रक्सी सेवन गर्दछन तर यसले पनि डिप्रेसनमा फाइदा भने गर्दैन ।

चिनी :यसले सुगरको मात्रा शरिरमा बढाउने र मस्तिस् मा फाइदा नगर्ने हुँदा डिप्रेसनमा यो फाइदा जनक हुँदैन ।

क्याफिन : क्याफिनयुक्त ख्याध्य पनि डिप्रेसनमा उपायोगी हुँदैन ।

महत्वपूर्ण पक्ष्य
डिप्रेसन रोग को सम्ब न्ध भावना सङ जोडिएको हुन्छ । सकरात्मक सम्ब न्ध को कमि, आत्म बिस्वासको कमी , अवसर को कमी आदी डिप्रेसन का प्रमुख कारण हरु हुन । त्यसैले सभ्य , आत्मिय प्रगतिसिल र सकारात्मक साथी र समाज सँग सामिप्यता बढाउदै जिवन जिउनु पर्दछ ।

सकारत्मक मनस्थिती बढाउन शारिरिक ब्यायाम
हप्तामा ३ देखी ५ दिन भएपनी प्रती दिन २० मिनेट हल्का शारिरिक ब्यायाम गरेमा मस्तिस्क मा इन्डोर्फिन नामक र सायन को मात्रा उत्पादन हुन्छ जसले मनस्थिती सकरात्मक बनाउन सहयोग गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !