८ बैशाख २०८१, शनिबार

अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा जनचेतनामूलक कार्यक्रममा संचालन


जनचेतनामूलक कार्यक्रम

चैत २९, काठमाडौँ । अनुसन्धान तथा विकास प्रतिष्ठानले प्लाष्टिक कपमा चिया खानुको सट्टा पेपर कपमा चिया खाने बानी बसाल्न काठमाडौँ महानगरपालिका वडा न. १ को सहयोगमा जनचेतनामूलक कार्यक्रममा अस्ति चैत्र २७ गते बुधवार संचालन गरेको थियो । कामपा वार्ड न. १ का आम नागरिकको लागि प्लास्टिक प्रयोग घटाउन, हाम्रो व्यवहार परिवर्तनको जरुरी : एउटा कागजको कपबाट शुरु गरौ अभियान भन्ने जनचेतनामूलक कार्यक्रमको आयोजना श्री नन्दी माध्यमिक विद्यालय, नागपोखरी, नक्सालमा भएको थियो ।

जुन कार्यक्रमको कामपा वार्ड न. १ का आम नागरिकलाई जानकारी दिन अघिल्लो हिजो २६ गते मंगलवार घर-घरमा पम्पलेट बाँडेर उक्त कार्यक्रमका उपस्थितिको लागि निमन्त्रणा दिइएको थियो भने चैत्र २७ गते बुधवार बिहान कामपा वार्ड न. १ को वरिपरि ट्याक्सीमा माइकिंग कार्यक्रम संचालन गरेर जानकारी दिई पून: उक्त कार्यक्रमका उपस्थितिको लागि निमन्त्रणा गरिएको थियो । उक्त जनचेतनामूलक कार्यक्रम औपचारिक रुपमा आज २७ गते दिउसो ३ बजेदेखि शुरु भएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार एवं केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक मधुसूदन सुवेदीले गर्नु भएको थियो । पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री एवं अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार ई. गणेश शाहलाई प्रमुख अथिति, त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन तथा अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार प्रा.डा. विजयसिंह सिजापतिलाई विशेष अथिति, आध्यात्मिक चिन्तक, मोटीभेशन स्पीकर तथा गीतकार विश्वनाथ बराललाई अथिति बनाइएको थियो । अनुसन्धान तथा विकास प्रतिष्ठानका अध्यक्ष तथा कार्यकारी निर्देशक गोपाल भण्डारीले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।

सो कार्यक्रममा काठमाडौँ महानगरपालिका वार्ड न. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठ, वार्ड न. १ का वडा सदस्य राज कुमार श्रेष्ठ, वार्ड न. १ का वडा सचीव जानकी सिंह, वार्ड न. १ का कर्मचारी धर्म भट्टराई, श्री नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, कामपा वार्ड न. १ का नेपाली काँग्रेसका एकाई अध्यक्ष भोला थापालाई पनि आसनग्रहण गराइएको थियो । उक्त कार्यक्रममा वार्ड न. १ का अन्य सवै कर्मचारीहरु, संस्थाका सवै पदाधिकारीहरु, अनुसन्धानकर्ताहरु लगायत कामपा वार्ड न. १ का नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त प्लास्टिक प्रयोग घटाउन, हाम्रो व्यवहार परिवर्तनको जरुरी : एउटा कागजको कपबाट शुरु गरौ अभियान भन्ने जनचेतनामूलक कार्यक्रमसगँ सम्वन्धित स्लाईड प्रस्तुतीकरण यस संस्थाका अनुसन्धानकर्ता तथा प्रयावरण अर्थशास्त्री श्री उज्जवल आचार्य गर्नुभएको थियो भने आध्यात्मिक चिन्तक, मोटीभेशन स्पीकर तथा गीतकार विश्वनाथ बरालले जीवन दर्शन, आध्यात्मिक चिन्तन, Big Path को कुरा, स्वास्थ्य जीवनशैली, के खाने, के लगाउने, कसरी हिड्ने, सुत्ने, कसरी सोच्ने भन्ने बारेमा प्रवचन तथा महामृत्युन्जय मन्त्र तथा कराग्रे वसते लक्ष्मिः करमध्ये सरस्वति, करमूले तु गोविन्दः प्रभाते करदर्शनम् नामक प्रभातकालिन प्राथना आफुले गाएर उपस्थित अन्य सवैलाई गाउँन लाउनु भएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अथिति पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री ई. गणेश शाहले काठमाडौँ महानगरपालिका वडा न. १ ले दैनिक जीवनमा जनताको स्वास्थ्यसगँ प्रत्यक्ष सरोकार राख्ने तथा वातवरण जोगाउन सहयोग गर्ने विषयमा जनचेतनामूलक कार्यक्रमको लागि सहयोग गरेकोमा काठमाडौँ महानगरपालिका वडा न. १ र आयोजना गरेकोमा अनुसन्धान तथा विकास प्रतिष्ठानलाई धन्यवाद दिनु भएको थियो । साथै उक्त जनचेतनामूलक कार्यक्रम काठमाडौँ महानगरपालिकाका सवै ३२ वटै वडामा गरेर आम नागरिकलाई संचेत बनाउनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन प्रा.डा. विजयसिंह सिजापतिले प्लाष्टिक प्रयोग घटाउन बनेका ऐन, कानुनको प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।

आध्यात्मिक चिन्तक, मोटीभेशन स्पीकर तथा गीतकार विश्वनाथ बरालले यस संस्थाले वडा न. १ का नागरिकको दैनिक व्यवहारमा परिबर्तन ल्याउन तथा प्लाष्टिक प्रयोग घटाउन र वातावरण जोगाउन यस जनचेतनामूलक कार्यक्रमले ठुलो भूमिका खेलेको बताउनुभयो । सो कार्यक्रममा उक्त प्रतिष्ठानका अध्यक्ष तथा कार्यकारी निर्देशक गोपाल भण्डारीले उक्त जनचेतनामूलक कार्यक्रमलाई देशभरी संचालन गरेर आम नागरिकको संचेत बनाउनु बताउनुभयो । तरकारी किन्दा प्राय: प्लाष्टिकको झोला प्रयोग हुने र वातावरण प्रदूषण बढ्ने हुनाले सो जनचेतनामूलक कार्यक्रममा उपस्थित महानुभावलाई वातावरण प्रदूषण हुनवाट जोगाउन तरकारी किन्दा प्रयोग हुने कपडाको झोला र पेपर कप वितरण गरिएको थियो ।

अन्त्यमा, उक्त कार्यक्रमको सभापतित्व गर्नु भएका अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार एवं केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक मधुसूदन सुवेदीले शिवजीले बरदान दिएर भस्मासुर कुनै पनि मान्छेको टाउकोमा हात राख्ने बित्तिकै त्यो ब्याक्ति तत्काल भस्म हुने बरदान पायो तर भस्मासुरले पहिले शिवजीकै टाउकोमा हात राखेर उनलाई भस्म गरेर माता पार्वतीलाई विवाह गर्ने इच्छा गरेको प्रसंग कोट्याउदै यो प्लाष्टिक पनि मानिसलाई चाहिएर बनेको तर यसको प्रयोगले मानिसलाई क्यान्सर हुने भएकोले प्लाष्टिकलाई भस्मासुरसंग तुलना गर्नुभएको थियो र कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निदेर्शिका-२०६८ ले कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले २० माइक्रोन भन्दा कम मोटाटका प्लाष्टिक झोला उत्पादन, बिक्री र प्रयोग निषेध गरेको छ । प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्र्देिशका-२०६८ ले नेपालमा पनि ५ आर सिद्धान्तलाई लागू गर्न सुझाव दिएको छ । विश्वब्यापी रुपमा प्रयोगमा आएकोे प्लास्टिकजन्य पदार्थको प्रदुषण कम गर्न ५ आर अर्थात रिडक्सन, रियुज, रिप्लेस, रिसाइकल र रिकोभरको सिद्धान्त नेपालमा तुरुन्त सवै नेपालीले प्रयोग गर्नु अहिलेको आवश्यकता हो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७२ वैशाख १ गतेदेखि काठमाडौ उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि २०७२ वैशाख १२ गते विनासकारी महाभूकम्प गएकोले गर्दा प्रभावकारी कार्यन्वयन हुन् सकिरहेको छैन ।

जनचेतनामूलक कार्यक्रम

प्लाष्टिकको गिलासमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो । क्यान्सर विशेषज्ञ अनुसार प्लाष्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिसफिनल ए (बीपीए) का पग्लन थाल्छ । यसको लगातार लामो समयसम्म सेवनबाट गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सर गराउंछ । प्लाष्टिकको कपमा चिया पिउने र प्लाष्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिसफिनल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ । जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ । यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरा समेत बढ्छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ ।

उक्त जनचेतनामूलक अभियानका नाराहरु निम्न अनुसार छन् :

१. प्लाष्टिक कपमा चिया खान बन्द गरौ, पेपर कपमा चिया खान शुरु गरौ

२. दैनिक व्यवहारमा गर्नुपर्ने अठोट, प्लाष्टिकको बिकल्पको छनोट

३. व्यवहारमा परिबर्तन ल्याऔ, प्लाष्टिक प्रयोग घटाऔ, वातावरण जोगाऔ

४. आफु पनि स्वस्थ रहौ, अरुलाई पनि स्वस्थ बनाऔ

थप जानकारीको लागि तलको लिंकमा जानुहोस् 

Research & Development Foundation


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !