७ बैशाख २०८१, शुक्रबार

ज्वानोवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


jwano

ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं । स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन् । ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो । ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ । जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ ।

आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ । यसको सेवनले पेट वा छाँती दुखाई बाट छुटकारा पाउनुका साथै खोकी लाग्नबाट बचाउँछ । यसका साथै जिउ चिलाउने, डकार आउने, पिसाब रोक्ने र पत्थरी जस्ता बिमारीहरुबाट छुटकारा पाउन मद्धत गर्छ ।

आयुर्वेदका अनुसार पाचक औषधीहरुमध्ये ज्वानो एक महत्वपूर्ण र प्रभावकारी औषधी हो । ज्वनोले सयौँ किसिमका अन्नलाई पचाउन सहयोग गर्छ ।

– यदि तपाइँको पेट खराब भएको छ भने ज्वनोलाई चपाई चपाई खानुहोस् र एक गिलास तातो पानी पिउनुहोस् । पे टमा किरा छ भने थोरै बिरेनुन (कालो नुन) सँग यसको सेवन गर्नुहोस् र एक गिलास मन तातो पानी पिउनुहोस् । पाचन प्रक्रियामा कुनै किसिमको गढबढी भएमा ज्वनोको पानी सेवन गर्दा एकदम फाइदा हुन्छ ।

– ज्वनोले तौल घटाउन सहयोग गर्छ । एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउनुहोस् । बिहान उठेपछी यो पानीलाई छानेर पिउनुहोस् । यसको लगातार सेवन गर्नाले मोटोपनबाट छुटकारा पाउँछ  ।

– दाँतको गिजा सुन्निने वा दुख्ने जस्ता समस्या छ भने मन तातो पानीमा केहि थोपा ज्वनोको तेल मिसाएर मुख कुल्ला गर्नु होस् । यसले सुन्निने वा दुखेको समस्या कम गर्छ ।

– ज्वनोले खोकीलाई ठिक गर्छ । यदि तपाइँलाई खोकी लागेको छ भने ज्वनोको रसमा दुई चिम्टी कालो नुन मिसाएर यसको सेवन गर्नुहोस् र यसपछी तातो पानी पिउनुहोस् । यसले खोकीलाई ठिक गर्छ  ।

– रुघा र ज्वरोलाई हटाउनको लागि ज्वनो एक अचुक औषधी हो ।

त्यस्तै यदि चिसो लागेको छ भने ज्वनो चपाएर पानीका साथ निल्नुहोस् । यसले एकदम राहत मिल्छ । यसरी ज्वनोको सेवनले ग्यास, कब्जियत, एसीडीटि जस्ता समस्यालाई दुर गर्ने देखि पेट सफा गर्न र मोटोपन घटाउन सम्म मद्धत गर्छ  ।

ज्वनोको पानी बनाउने विधिस् एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउने । बिहान उठेपछी यो पानीलाई १/२ मिनेट जति उमाल्ने र मन तातो भए पछी छानेर पिउने । नियमित ज्वनो पानी पिउँदा पेटसम्बन्धी सम्पूर्ण समस्याहरु हट्छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !