१३ बैशाख २०८१, बिहिबार

के हो स्क्रब टाइफस रोग ?


scrub-typhus
राम ठकुरी
           राम ठकुरी

स्क्रब टाइफस (Scrub typhus)  वा  बुस टाइफस (bush typhus ) नामक रोग ओरेन्सिया सुसुगमुसी  ( Orentia tsutsugamushi ) नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको क्षुक्स्म किराले सार्ने गर्दछ। यो रोग मानिशबाट मानिसमा भने सर्दैन ।

 

 

रोगको इतिहास

miteपहिलो पटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोश्रो विस्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो। यो रोगको किटाणु बोक्ने माइट झाडी ( साना साना बोट बिरुवा) मा बस्ने हुनाले युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिड्दा उक्त माइटले टोकेको र टोक्ने क्रममा ओरेन्सिया सुसुगमुसी नामक परजिवी पनि शरिरमा छोडेकोले उनिहरुमा यो रोग लागेको देखिएको थियो । यो रोगको संक्रमण सबै ठाउमा नभएर बिशेश स्थानमा मात्र भेटिएको थियो ।

बिशेष गरी दोश्रो बिश्वयुद्धताका यो रोग प्रशान्त महासागरिय क्षेत्रका ग्रामिण इलाकामा भेटिएको थियो। यो रोगमा ज्वरो आउने हुनाले यसलाई सुरुसुरुमा सिचिटो फिवर  ( Shichitō fever )  वा ह्याट्सुका फिवर (Hatsuka fever )  भन्ने गरिन्थ्यो ।

नेपालमा यो रोगको अवस्था

हाल सम्ममा नेपालमा स्क्रब टाइफस बाट ६ जनाको मृत्यु भईसकेको छ । वैशाख महिनादेखि अहिलेसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्यु हुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन् । गत वर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना विरामी परेका थिए भने आठ जनाको मृत्यु भएको थियो ।

नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडिमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडिमा सर्ने र सो झाडीमा मानिस जांदा माइटले मानिशलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

लक्षण
scrub
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

उपचार
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ ।

डक्सी साइक्लिन (  doxycicyline ), एजिथ्रोमाइसिन (azithromycin ), क्लारामफेनिकल (Chloramphenicol), रिफाम्पिन ( Rifampin) सिप्रोफ्लोक्सिन (Ciprofloxacin) मध्य  कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठिक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन (Ciprofloxacin)  प्रयोग नगरि अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ ।

रोकथाम 

किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो । यसको लागी घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !