७ बैशाख २०८१, शुक्रबार

दम रोगको प्राकृतिक रोकथाम र उपचार


human kung

बढ्दो वायुप्रदुषण सँगै शहरी क्षत्रमा दमको रोगिहरुको संख्या बढदै गइरहेको तथ्य सार्बजनिक भएको छ । दम एक स्वास प्रस्वास सम्बन्धी नसर्ने रोग हो, जुन रोगको बिरामीको स्वास नली र फोक्सो बिचको नली ब्रोङकाइमा अप्ठ्यारो हुने, फोक्सो सुन्निने, बढी सिँगान र खकार उत्पादन भई स्वास फेर्न गाह्रो हुने समस्या देखा पर्छ र रोग जिर्ण भएमा फोक्सोले चाहिने मात्रामा अक्सिजन लिन नसकी शरिरमा अक्सिजनको स्याचुरेसन (saturation) घट्न गई बिरामी अत्यन्तै कमजोर हुनगई खाना अरुची हुने, मस्तिस्कले समेत राम्रो काम नगर्ने र पिसाव फुस्कने , बोली लरबरिने, मुख बाङिने र स्वास फेर्न अत्यन्तै गाह्रो हुने जस्ता समस्या देखा पर्छ । यस्तो अवस्थामा पुगेको बिरामीलाई तत्काल अक्सिजन दिइ उपचार गर्नु पर्ने हुन्छ । नत्र भने रोगिको मृत्यु हुन सक्छ ।

दम रोगको प्रमुख कारणहरु अन्तर्गत वातावरणिय प्रदुषण, एलर्जी, धुम्रपान, तनाव, धेरै कसरत, किटाणुको संक्रमण, हर्मोनको गड्बडी आदी पर्दछन । यहाँ औषधी बाहेक दमका रोगीहरुलाई फाइदा गर्ने केहि बिशेस प्राकृतिक खानेकुराहरु प्रस्तुत गरिएको छ।

दमका रोगीलाई फाइदा गर्ने प्रमुख खानाहरु :

१. ताजा फलफुल र तरकारीहरु : फलफुल र तरकारीमा महत्वपुर्ण भिटामिन र मिनिरल्स पाइन्छ र यसले खकार उत्पादन् गर्दैन। विशेषगरी साइट्रीक एसिड (citric acid) पाइने फलफुल जस्तै कागती, सुन्तला, अँगुर आद मा कुइर्सिटिन (quercetin) नामक रसायन पाइन्छ जसले जसले दममा फाइदा गर्छ ।

२. लसुन र प्याज
लसुन र प्याजमा एलिसिन (allicin) नामक एन्टिअक्सीडेन्ट (antioxidant)पाइन्छ्, जसले दमको लक्षणहरुलाई कम गर्दछ ।

३. पानी
८ देखी १० गिलास पानी दैनिक पिउने गरेमा खकारलाई पातलो गरी शरिरमा पानीको मात्रा सन्तुलन गर्दछ ।

४. ताजा माछा
माछामा ओमेगा -३ एस ( Omega -3s)पाइन्छ जसले फोक्सो सुन्निने प्रकृयामा कमी ल्याउछ ।

दममा खान नहुने खाने कुरा हरु

१. डेरी प्रोडक्ट् डेरीबाट उत्पादित दुधजन्य पदार्थहरुले फोक्सोमा हावाको प्रबेशलाई अवरोध ल्याउने हुन्छ ।

२. चिनी धेरै चिनी खानाले खकार उत्पादन हुने हुँदा यसमा बिचार पुर्याउनु पर्दछ ।

३. प्रोसेस्ड फुड प्रोसेस्ड फुडहरु जस्तै पनिर्, स्न्याक, सफ्ट ड्रीन्क, टिनमा बन्द गरिएको खाना आदिले पनि दमको रोगीलाई स्वास फेर्न अप्ठेरो पार्छ ।

४. पृजर्भेटिभ खानालाई बिग्रनबाट बचाउनकोलागी प्रयोग गरिने पृहर्भेटिभ ( preservatives) हरुले दममा फाइदा गर्दैन ।

५. चिस्याइएको खाना चिस्याइएको खानाहरु जस्तै आइस्क्री र अन्य फ्रीज गरिएको खानाले रक्त नलीलाई खुम्च्याउने हुँदा फोक्सो बाट अक्सिजन शरिरमा पुर्याउन गाह्रो हुन्छ ।

दममा फाइदा गर्ने ५ प्राक्रीतिक तत्वहरु

Quercetin (500 mg 2x daily) यो प्राय अमिलो फलफुलमा पाइन्छ ।

NAC (N-acetyl cysteine) (200-500mg 2-3x daily) यसले ग्लुटाथायोन (glutathione ) को मात्रा बढाउनुको साथै खकार लाई पातलो बनाइ स्वास प्रस्वासलाई सजिलो बनाउछ ।

Fish Oil Omega-3 fats (2000 mg daily) यसले फोक्सो सुन्निन कम गर्छ ।

Vitamin B6 (100-200 mg daily) दमको रोगीको शरिरमा भिटामिन “बि-६” को कमी हुने भएकोले यो लिँदा फाइदा गर्छ ।

Magnesium (250 mg 2x daily) यसले तन्तुलाई चिल्लो बनाउनुको साथै फोक्सोको कार्यलाई सहज बनाउछ ।

प्रभावकारी बाहिरी औषधि

Peppermint
पुदिना (pippermint) को लेतलाई नरिवलको लेतमा मिलाएर घाँटी र छातीमा हल्का मसाज गरेमा निकै राहत हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !