१३ बैशाख २०८१, बिहिबार

गर्भवती महिलाहरुले गर्भावस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरु


गर्भवती

गर्भावस्थाका मुख्य लक्षणहरु

  • थकाइ लाग्ने वा जिउ गल्ने
  • शरीरमा ज्वरो आएजस्तो लाग्ने
  • कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
  • बारम्बार पिसाव लाग्ने
  • स्तन गानिएर आउने, ठूलो हुने
  • ढाड (तल्लो भाग) दुख्ने
  • गर्भ रहेपछि हल्का रक्तश्राव हुने
  • टाउको दुख्ने
  • दिक्क लाग्ने वा तनाव हुने
  • बिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरु
पहिलो १२ हप्त

  • खाना अमन हुने,
  • वाकवाकी लाग्ने
  • स्तन दुख्ने तथा भारी हुने

१३– २८ हप्ता

  • वाकवाकी लाग्न हराउने
  • छालाको रङ परिवर्तन हुने
  • मुखमा चायाँ, पोतो आउने
  • पेट बढेको देखिने
  • पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
  • पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।

२८ देखि ४० हप्ता

  • पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
  • बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
  • ढाड दुख्ने
  • आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
  • नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने

गर्भावस्थाका असाधारण लक्षणहरु

  • ज्वरो आउने
  • योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
  • पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
  • पखाला लाग्ने, निरन्तर वान्ता हुने
  • पोट दुख्ने
  • टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०/९० भन्दा माथि हुने
  • अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
  • तैताला,हत्केला र शरीर चिलाउने

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु

  • सफा रहने र सधै नुहाउने
  • पौष्टिक खाना खाने
  • हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
  • ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
  • तनावयुक्त काम नगर्ने
  • आराम गर्ने
  • चिल्लो, पिरो,अमिलो आदि नखाने
  • ९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
  • राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
  • कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
  • जाँड, रक्सी तथा चुरोट नपिउने
  • विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
  • मोटरसाइकल/स्कुटर नचलाउने
  • शारीरिक सम्र्पक नराख्ने
  • चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने/ प्रयोग नगर्ने
  • टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ । (स्वास्थ्य खबरपत्रिकावाट)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !