१३ बैशाख २०८१, बिहिबार

मिर्गाैला उपचारमा गाउँपालिकाको सहयोग


moneyy

१७ माघ, गलेश्वर । म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पु¥याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिनुभयो ।

पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले रु २० हजार सहयोग गर्ने भएको हो । हालसम्म तीन जना मिर्गौला रोगीले यो सेवा लिएको प्रवक्ता पुनमगरले जानकारी दिनुभयो ।

मिर्गौला रोगको उपचार जटिल हुने र रोगीको उपचारमा ठूलो आर्थिक खर्चको भार हुने भएकाले उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताउनुभयो ।

विशेषगरी गाउँपालिकाभित्रका गरीब तथा विपन्न परिवारका मिर्गौला रोगीलाई लक्षित गरी सो अभियान सञ्चालन गरिएको अध्यक्ष रोकामगरले बताउनुभयो । गरीब, विपन्न परिवारका मिर्गौला ‘फेल’ भएका रोगीलाई विशेष प्राथमिकता दिइने अध्यक्ष रोकामगरको भनाइ छ ।

“मिर्गौला रोगबाट गाउँपालिकाभित्रका गरीब, विपन्न परिवारका नागरिकले अकालमा नै ज्यान गुमाउन नपरोस् भनी गाउँपालिकाले यो अभियान चलाएको हो”, अध्यक्ष रोकामगरले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !