८ बैशाख २०८१, शनिबार

स्वादिलो चिकेन चाउमिन बनाउने तरिकाहरु


chickenchowmein

फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ । त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले घरमा नै बनाउन सकिन्छ ।

चाउमिन बनाउनको लागि आवश्यक सामग्री

नुडल्स, कुखुराको मासु, बन्दा, क्याप्सिकम, गाँजर, अदुवा, लसुन, प्याज, खुर्सानी, नुन, बेसार, मसला, सोया सस, गरिन चिल्ली सस जस्ता आदि आवश्यक पर्छ ।

विधी

  • कुखुराको मासुमा गरम मसला, नुन, अलिकती मैदा, सोया सस राखेर राम्रोसंग मोल्ने र छोप्ने ।
  • पानी उमाल्ने र ४ मिनेट नुडल्स पकाउने ।
  • नुडल्सलाई चिसो बनाउने ।
  • तेल राखेर सबैतिर लाग्ने गरि चलाउने ।
  • अलिकति तेल तताएर त्यसमा प्याज, खुर्सानी, अदुवा, लसुन राखेर चलाउने ।
  • त्यसमा अघि मोलेको कुखुराको मासु राखेर पकाउने ।
  • त्यसमाथी गाँजर, क्यासिकम, बन्दा, सोयासस, मसला राखेर चलाउने ।
  • अब त्यसमा नुडल्स राखें र मिक्स गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !