११ बैशाख २०८१, मंगलबार

ब्रेन ट्युमरका तथ्यहरु


brain

१४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ । सबै प्रकारका ब्रेन ट्युमर घातक र डरलाग्दा हुन्छन् । गिलोमा सबैभन्दा साझा प्रकारको ब्रेन ट्युमर हो । यसले दिमागको न्युरोको कोषलाई अशर गर्छ । प्रारम्भिक ब्रेन ट्युमर सामान्यतया अन्य अंगमा फैलिदैन । अन्य प्रकारको क्यान्सरको विपरित यो दिमागमा नै रहन्छ । तर प्रारम्भिक ब्रेन ट्युमर पनि घातक हुन्छ ।

प्राइमेरी ब्रेन ट्युमर भएका बिरामीको ब्रेन डेथ भएमा उनीहरुको अंगलाई अन्य बिरामीलाई प्रत्यारोपणका लागि डोनेसन गर्न सक्छन् । किनकी ब्रेन डेथ भएका बिरामीको बाँकी अंग प्रभावित हुदैनन् । वयस्कमा भन्दा बालबालिकामा देखिने ब्रेन ट्युमर भिन्न हुन्छ । बालबालिकाको ट्युमरलाई विभिन्न तरिका र औषधीमार्फत उपचार गरिन्छ । ब्रेन ट्युमर देखिएपछि बालबालिकाको उपचार गरिए पनि यसले उनीहरुलाई जीवनभर असर गर्न सक्छ । उनीहरुको बौद्धिक र सिकाईको क्षमतामा असर गर्छ । उनीहरुको जीवनको गुणस्तरलाई नै असर गर्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !