हाम्रो दाँत सफा राख्नलाई सहयोग गर्ने खानाका परिकारहरु

हाम्रो दाँत सफा राख्नलाई सहयोग गर्ने खानाका परिकारहरु

दाँत सफा राख्ने हरेक व्यक्तिको चाहना हुन्छ । तर चाहना भएतापनि सफा राख्न सकिरहेको हुँदैन । हामी दाँत सफा राख्नको लागि दिनमा दुईचोटी ब्रस गर्छौं । तर पनि सफा हुदैन । दाँत सफा राख्नको लागि हामीले ब्रस गर्ने मात्र होइन । खानामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

  • स्ट्रवेरी

स्ट्रवेरीको प्रयोगले दाँतलाई बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।

  • काउली

हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।

  • तरबुजा/खरबुजा

दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाई सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ ।

  • सुन्तला

सुन्तलाको प्रयोगले पनि दाँतलाई सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ ।

  • स्याउ

दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाई खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुन्छ ।

  • सागपात

हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ ।

  • दुग्ध पदार्थ

दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ ।

  • सिमी तथा बोडी

यसको प्रयोगले स्यालिभाको उत्पादनलाई बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ ।

  • अंगुर

अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ ।

  • पानी

पानीको उचित प्रयोगले शरीरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ । यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक-पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् :

दाँतलाई चम्काउन यी घरेलु प्रयोग गर्नुहोस्

हाम्रो दाँत चम्किलो पार्ने उपाय