१२ बैशाख २०८१, बुधबार

कोलेस्टेरोल बढ्नुका कारण र लक्षणहरु


colestarol

हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यसलाई सब भन्दा छिटो फैलिने बिमारीको रुपमा लिइन्छ । किन कि कोलेस्टेरोलको बारेमा मानिसहरुलाई त्यति राम्रो ज्ञान हुँदैन । त्यसकारण हामी कोलेस्टेरोलको लक्षण देखे पनि नजरअन्दाज गरिरहेको हुन्छ । आज हामी आखिर के कारणले कोलेस्टेरोल बढ्छ र कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ? भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ । जुन चीजहरुमा LDL (Low Density Lipoprotein) को मात्रा अधिक हुन्छ, त्यस्ता खानेकुराको सेवन गर्नाले शरीरमा नराम्रो कोलेस्टेरोल बढ्न थाल्छ । सब भन्दा बढी LDL फ्राई गरेको चिज र नन भेज परिकारमा हुन्छ। यसैगरी मैदा, घ्यु, बटर, केक, पेस्ट्री, डाल्डा, मिठाई, तारेको खानेकुरा, चुरोट र रक्सी जस्ता पदार्थ सेवन गर्नाले शरीरमा कोलेस्टेरोल छिटो बढ्छ । बढेको कोलेस्टेरोल शरीरमा रगत आदान प्रदान गर्ने नसामा जम्मा भएर बस्छ । जसले समयको साथ साथ नसामा प्रेसर हुनुका साथै जाम हुन थाल्छ ।

सबभन्दा बढी कोलेस्टेरोल दिलमा रगत पुर्याउने कोरेनरी अर्टेरिज र दिमागको केरोटिड अर्टेरिजमा जम्मा हुन्छ जसको कारण अचानक हृदयघात वा ब्रेक स्ट्रोकको खतरा हुन सक्छ । कतिपय अवस्थामा मानिस देख्दा स्वस्थ देखे पनि नराम्रो कोलेस्टेरोल बढ्नुका कारण हृदयघात जस्ता खतराको चपेटामा पर्न सक्छ । कोलेस्टेरोल बढ्नुको मुख्य दुई कारणहरु छन्, एक हाम्रो जीवनशैली र दोस्रो हामीले खानेकुरा । यी लक्षणहरुलाई विल्कुलै नजरअन्दाज गर्नु हुँदैन । समयमै सचेत भएर सावधान अपनाउन जरुरी छ ।

  • हात खुट्टा नचल्नु वा लाटो हुनु

नराम्रो कोलेस्टेरोल बढ्दा हाम्रो शरीरमा रगत पुर्याउने अर्टेरिज संकुचित हुन्छ जसको कारण शरीरमा रक्त प्रवाह कम हुन थाल्छ । खासगरी खुट्टामा । यस्तोमा हात वा खुट्टा बारबार नचल्ने, खुट्टा एठान, बस्दा वा राती सुत्ने समय नसा चढ्ने वा फुल्लिने, प्राय खुट्टा झमझम हुने वा काँटाले घोचेको जस्तो हुने महसुस हुन्छ । साथै यदि तपाइँको हात खुट्टा बेला बेला चिसो हुन्छ भने कोलेस्टेरोल बढेको कारण यस्तो हुन सक्छ ।

  • एकदम धेरै थकान वा कमजोरी महसुस हुनु

कोलेस्टेरोल बढ्दा हाम्रो शरीरले खानाको पोषकतत्वलाई पुरै ग्रहण गर्न सकिदैन । जसको कारण विस्तारै शरीरमा पौष्टिक तत्वको कमी हुन थाल्छ । यस्तोमा बढी थकाई लाग्ने, धेरै पसिना आउने जस्ता समस्या देखा पर्छन् ।

  • तौल बढ्नु

यदि शरीरमा (HDL) राम्रो कोलेस्टेरोलको मात्रा बढी छ भने यसले चर्पीलाई बढ्न बाट रोक्छ र बोसोलाई पनि पगाल्छ । तर नराम्रो अर्थात् LDL कोलेस्टेरोल बढ्यो भने शरीरको वजन एकदम छिटो बढ्छ। यसकारण मोटो व्यक्तिहरुको शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ र यस्ता व्यक्तिहरुलाई मुटु वा दिमागको बिमारी हुने खतरा पनि धेरै नै हुन्छ ।

  • छाँती दुख्नु

अर्टेरिजमा जम्मा भएको फ्यटी सब्सट्यान्स रगतको प्रवाहमा रोकवत पैदा गर्छ । जसको कारण समय समयमा छाँतीको वरिपरी दुख्ने, भारीपन वा भित्रबाट खाएको जस्तो महसुस हुन्छ ।

  • टाउको दुख्नु वा रिंगटा लाग्नु

कोलेस्टेरोल बढ्दा दिलको साथ साथ दिमागमा रगत पुर्याउने अर्टेरिसमा पनि असर पार्छ। जसको कारण टाउकोको पछाडी भाग र आधा टाउको अचानक दुख्न सुरु हुन्छ । कहिले कहिँ डर लाग्ने वा चक्कर आउने समस्या पनि हुन्छ ।

  • सास फुल्नु वा धेरै पसिना आउनु

शरीरमा कोलेस्टेरोल बढ्नले मुटु वा शरीरमा रगतको संचारलाई कमजोर बनाइदिन्छ । यस्तोमा थोरै काम गर्दा पनि धेरै थाक्ने, पसिना आउने वा सास फुल्ने जस्ता समस्या देखा पर्छन् ।

  • खाना नपच्नु वा ग्यास्ट्रिक बढ्नु

बढेको LDL ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठुलो असर पार्छ । कलेजोमा कोलेस्टेरोल बढेको कारण मेटाबोलीजम कमजोर हुन थाल्छ । यसकारण पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने या कब्जियत जस्ता समस्या हुन्छ ।

  • आँखाको वरिपरी दाना आउनु

जब शरीरमा LDL को मात्रा बढ्छ तब आँखाको वरिपरी हल्का पहेंलो दाना जस्ता देखा पर्न थाल्छ । सुरुवातमा यी दाना साना हुन्छन् तर विस्तारै बढेर ठुलो बन्छ । यदि समयमै ध्यान दिएन भने विस्तारै ठुलो हुँदै जान्छ र दुख्न पनि सुरु हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

कोलेस्टेरोल नियन्त्रण गर्ने खानाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !