७ बैशाख २०८१, शुक्रबार

हिस्टेरिया बारे जान्नै पर्ने कुराहरु


hysteria

हिस्टेरिया केहो ?

हिस्टेरिया एक मेन्टल डिजिज (मनोजन्य रोग) हो । जसमा मानिसको मानसिक पक्षको अभिब्यक्ती (एक्स्प्रेशन्) शारिरिक लक्षणहरुबाट हुन्छ। उक्त ब्यक्तिमा रहेको मनोद्वोन्द एक्कासी शारिरिक लक्षणहरुमा देखा पर्दछ । मनभित्र उत्पन्न हुने अन्तरद्वन्द्वका कारण केही मानिसहरुमा तनाब र चिन्ता उत्पन्न हुन्छ । जसको कारणले उक्त मानिसहरुमा एक गहिरो निराशा उत्पन्न हुन्छ र उक्त निराशा एवंम तनाब उसको अचेतन मनमा गएर लुप्त हुन्छ। जब तेस्तो ब्यक्तीलाई कुनै गम्भिर चिन्ता वा तनाब आइपर्छ, तव सो अचेतन मनमा लुकेको गम्भिर निराशा एक्कासी शारिरिक लक्षणमा देखा पर्दछ। तर उसलाई रोगको कारण थाहा हुँदैन ।

हिस्टेरिया शब्द ग्रीक भाषाको Histera  शब्दबाट बनेको मानिन्छ। जसको अर्थ हुन्छ Uterus (युटेरस्) पाठेघर। ग्रीक प्राचिन दार्शनिकहरुका अनुसार यस रोग सेक्सुअल फ्रस्टेसनबाट हुन्छ भन्ने थियो । उनिहरुका अनुसार महिलाहरुमा सेक्सुअल फ्रस्टेसनका कारण युटेरस एताउता हल्ल्ँदा हिस्टेरियाका लक्षण देखा पर्दछ भन्ने थियो। उक्त समयमा हिस्टेरिया रोग केबल महिलामा मात्र देखिन्छ भन्ने बिश्वास गरिन्थ्यो । किनकी उक्त समयमा सो रोग आइमाईमा मात्र बढी देखिन्थ्यो । प्रथम विश्वयुद्द भैरहँदा धेरै सैनिकहरुमा यस्ता लक्षणहरु देखियो । त्यसपछीमात्र यो रोग महिला र पुरुष  दुबैमा हुन्छ भन्ने बिश्वासगरियो ।

हिस्टेरियाका लक्षणहरु:-
हिस्टेरियाका रोगिहरुमा अनेक किशिमका शारिरिक तथा मानशिक लक्षणहरु देखिन्छन्। शारिरिक लक्षण मुख्य भएकोलाई कन्भर्शन हिस्टेरिया भनिन्छ भने मानशिक लक्षण मुख्य भयेकोलाई डिसोसिएटिभ भनिन्छ ।

कन्भर्शन हिस्टेरियाका लक्षण हरुलाई तिन भागमा बाँड्न सकिन्छ ।

  1. संज्ञानबिचलन का लक्षण (Symptoms of sensory disorder)
  2. शारिरिक बिचलन का लक्षण (Symptoms of motor disorder)
  3. अन्तर अवयव बिचलन का लक्षण (Symptoms of visceral disorder)

संज्ञानबिचलन का लक्षणहरु (Symptoms of sensory disorder)

a. loss of sensitivity (संबेदनशीलता हराएर जानु )

b. Excessive sensitivity( संबेदनशीलता उच्च हुनु)

c. Loss of sensitivity to pain (दुखाईको संबेदनशीलता नास हुनु )

d. Exceptional sensation  (असाधारण संबेदनशीलता)

शारिरिक  विचलनका लक्षणहरु

क.) शरिर शिथिल भएर जानु
ख.) कुनै औँलाले काम नगर्नु
ग.) हातखुट्टा काँप्नु
घ.) बोली प्रस्ट नहुनु
ङ.) बोल्दा काँपेर बोल्नु
च.) मांशपेशी बटारिने या खुम्चने

अन्तर अवयव बिचलनका लक्षणहरु
– टाउको दुख्नु
– घाँटी कसैले अँठ्याएको जस्तो हुनु
– वाक वाक लाग्नु
– वान्ता हुनु
– कुनै रोगिमा त फल्स अस्थामा वा मिथ्या दम देखिन्छ,

Dissociative Hysteria का लक्षणहरु 
– बिनाकारण स्मृती लोप हुनु
– बिगत र बर्तमानलाइ पनि भुल्न थाल्नु
– कहिलेकाँही आफैलाई बिर्सनु, म को हुँ भन्ने हेक्का नरहनु
– निद्रामा उठेर हिँड्नु, कुनै काम निद्रा मानै गर्ने र फेरी फर्केर पहिलेकै ठाउँमा सुत्नु
– अचानक मुर्छा पर्नु र बेहोस भएर पल्टनु तर एसले रोगिलाइ मानसिक तनाबबाट भने मुक्ती दिन्छ्
– बहु चरित्र प्रदर्शन गर्नु, आफैँमा फरक फरक ब्यक्ती महसुस गर्नु

उक्त लेख लेखक को ब्यक्तिगत अनुभव र अध्ययन मा आधारित छ ।

हिस्टेरिया किन हुन्छ भन्ने बारे आगामी अंकमा प्रस्तुत गरिने छ ।

किन हुन्छ त हिस्टेरिया ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !