६ बैशाख २०८१, बिहिबार

गोप्य अंगको वरिपरि चिलाउने समस्यालाई हटाउने उपायहरु


chilaune

महिलाहरूलाई स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । यसको बारेमा भन्न उनीहरू लाज मान्छन् । यस्तै समस्या अप्ठ्यारो ठाउँ बेला न कुबेलामा चिलाएर आउँछ । कार्यालयमा काम गर्ने महिलालाई यस्तो समस्या झन् हुन्छ किनकि उनीहरूले आठ घन्टा घरबाहिर बस्नुपर्ने हुन्छ । यसलाई सहेर बस्नु पनि मुश्किल हुन्छ । हुन त अप्ठ्यारो ठाउँ (गाेप्य अ‌ंगकाे वरिपरि) चिलाउनु सामान्य समस्या हो तर सही समयमा यसलाई ध्यान दिएन भने यसले गम्भीर रूप लिनसक्छ । चिलाउनुका पछाडि रजस्वला भएका बेलामा रसायनयुक्त न्यापकिनको प्रयोग, सम्बन्ध बनाउँदा सफाइमा ध्यान नदिनु, खानपिनमा कमी, फोहोरी बाथरूमको प्रयोग, सफा भित्रीवस्त्र नहुनु लगायतका कारण हुन्छन् । यहाँ बताइएका घरेलु उपायले प्राइभेट पार्टहरू सफा गर्न सकिन्छ । केमिकल क्रीमहरू प्रयोग गर्नुभन्दा घरेलु उपायले यसलाई ठीक पार्न सकिन्छ ।

  • दही

शरीरमा भएको जुनसुकै संक्रमणबाट छुटकारा पाउन दही सर्वोत्तम उपाय हो । यसको प्राकृतिक गुणले चिलाउने र संक्रमणको समस्यालाई हटाउँछ । दिनदिनै आहारमा एक कचौरा दहीमा चिनी हालेर खानुस् । अनि योनिमा दहीको लेप लगाउँदा पनि आराम हुन्छ । दिनदिनै यसको प्रयोगले फाइदा हुन्छ ।

  • स्याउको अमिलो

एप्पल साइडर भिनेगर अर्थात् स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन् जसले संक्रमणलाई प्राकृतिक रूपमा हटाउँछन् । दुई चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुनुस् ।

  • लसुन

खानामा लसुन उपयोग गर्नुस् जसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । दिनदिनै लसुनको पोटी खाँदा फाइदा हुन्छ ।

  • बरफले सेक्ने

राति सुत्नुअघि बरफको टुक्राले योनि सेक्नुस् ।

  • नूनपानी

तातो टबमा अलिकति नून हालेर पानीमा केही समयका लागि बस्नुस् । आराम पाउनुहुनेछ ।

  • तुलसी पानी पिउने

तुलसीका पातहरूलाई पानीमा उमालेर दिनमा दुईचोटि पिउँदा पनि फाइदा हुन्छ । एजेन्सीको सहयोगमा

यी पनि पढ्नुहोस्

सेक्सलाई मजा बनाउने टिप्सहरु जानिराखौं

यस्ता छन् यौन समय लम्याउने केही उपायहरू, जानी राख्नुहोस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !