१२ बैशाख २०८१, बुधबार

हाम्रो कलेजो स्वस्थ राख्ने उपायहरु


kalejo

कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यो लगभग एक– साढे एक केजीको हुन्छ। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ । कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ । यो अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ । कुनै विशेष कारणवश् सात दिनदेखि दस दिनमा समस्या आएमा त्यो अल्पकालिन हुन्छ ।कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ । रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ । राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ । समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन । कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन् । तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन् ।

कहिलेकाँही जडीबुटीले पनि कलेजो खराब गर्न सक्छ । त्यसैले जन्डिस हुँदा कलेजो बिग्रिने धेरै हुन्छन् । यस्तो बेलामा खाना बार्ने पनि होइन बरु राम्रो र पोषिलो खानुपर्छ । कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, रगत वान्ता हुने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् जुन दीर्घकालिन हेपाटाइटिसका लक्षण हुन् । कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ । कलेजोलाई स्वस्थ राख्न ताजा फलफूल, हरियो सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । दिनहुँ पर्याप्त पानी खानुपर्छ । फलफूलको जुस सेवन पनि लाभदायक हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

मिर्गौला संक्रमण हुने कारण, यसवाट कसरी बच्ने ?

मिर्गौला फेल हुने कारण

मिर्गौला पत्थरी भएका व्यक्तिले खान हुने र नहुने फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !