४ बैशाख २०८१, मंगलबार

धेरै स्मार्टफोन प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा हुने बेफाइदाहरु


earphone

जीवनका तीन मूलभूत आवश्यकता गाँस, बाँस, कपासभन्दा पनि आज मोबाइल लगायत विद्धुतीय सामानहरु जीवनको अकाट्य आवश्यकता बनिसकेका छन् । तर, यी दैनिक उपभोग्य सामाग्रीहरुले हाम्रो स्वास्थ्य र जीवनशैलीमा पार्ने नकारात्मक प्रभावबारे हामी अनविज्ञ छौं । आज स्मार्टफोनको लतले ठूला मानिसदेखि बालबालिकासम्मालाई आक्रान्त पारेको छ । स्मार्टफोनको गम्भीर असर टाउकोमा पर्ने हुनाले यसले शारीरिक र मानसिक रोगहरु उत्पन्न गराउन सक्छ । स्मार्टफोनको स्क्रिनमा धेरै किसिमका किटाणुहरु हुन्छन् । जसलाई नांगो आँखाले देख्न सकिँदैन । स्मार्टफोन हातमा हुँदा ती किटाणुहरु हातमार्फत हाम्रो शरीरमा प्रवेश गर्छन् । जसका कारण तपाईमा छालासम्बन्धी एलर्जीको समस्या उत्पन्न हुनसक्छ । यस्ता संक्रमणबाट बच्नका लागि समय-समयमा आफ्नो स्मार्टफोनलाई सफा गर्नुपर्ने हुन्छ ।

स्मार्टफोनबाट निस्किने विकिरणहरुका कारण टाउको दुख्ने र मानसिक समस्याहरु उत्पन्न हुनसक्छ । सुत्ने बेला आफ्नो मोबाइल सिरानीमुनि राख्नाले त्यसको विकिरण सिधा हाम्रो दिमागमा पर्छ फलस्वरुप विभिन्न मानसिक रोग उत्पन्न हुन्छ । मोबाइल र वट्याबलेट जस्ता उपकरणहरु लगातार प्रयोग गर्नाले टेक्स्ट नेकको समस्या उत्पन्न हुनसक्छ । टेक्स्ट नेक शब्द पहिलोपटक एक अमेरिकी कायरोप्रैक्टर डा डीन फिशरमैनले प्रयोग गरेका थिए । मोबाइल फोन तथा अन्य ग्याजेटको लगातार प्रयोग गर्दा बन्ने गलत शारीरिक पोस्चरले ढाडको र गर्दनको हाडमा बारम्बार दबाब दिन्छ । जसकारण त्यसको प्राकृतिक रुप बदल्न सुरु हुन्छ । यो समस्या बिस्तारै बढ्दैछ र यसको भविष्यमा खतरा कति बिकराल हुन्छ भन्ने कसैले पनि अन्दाज लगाउन सक्दैनन् ।स्मार्टफोनको स्क्रिनमा आउने लाइटले आँखामा नकारात्मक असर पार्छ । यसको लाइट र फन्ट साइजले आँखामा सिधा असर पार्छ जसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न गराउँछ । धेरैलाई विश्वास नलाग्न सक्छ तर यो वास्तविक हो मोबाइल फोनको विकिरणले प्रजनन क्षमतामा प्रतिकूल असर पार्छ । मोबाइलको अत्याधिक प्रयोगले पुरुषको शुक्रकिटको गुणस्तर र संख्यामा नकारात्मक असर पार्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !