८ बैशाख २०८१, शनिबार

नुहाउनसाथ गर्ने यी गल्तीहरु जसले कपाल झार्छ


हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् । कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी गल्तीहरु छन् जसले कपाल झर्ने समस्या निम्त्याउँछ ।

  • नुहाएपछि चिसो कपाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ ।
  • चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ ।
  • चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन । चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।
  • चिसो कपालाई बाँध्नु हुँदैन । कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ । त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको समस्या बढाउँछ ।
  • टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन । वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको समस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !