७ बैशाख २०८१, शुक्रबार

विवाहको अघिल्लो रात के सोच्छन् महिला ?


marriage

विवाह बन्धनमा बाँधिन अघि महिलाहरुको मनमा धेरै प्रश्नहरु उत्पन्न हुन्छन् । आफ्ना त्यस्ता प्रश्नहरुको जवाफ पाउन उनीहरु कहिले आफ्नो विवाहित साथीहरुसँग कुरा गर्छन् । यदि कुनै पनि महिलाले विवाह अघि उत्पन्न हुने त्यस्ता प्रश्नहरुको जवाफ समयमै पाए भने उसको बाँकी वैवाहिक जिवन निकै सफल र सुखदायी हुन्छ ।

विवाहको अघिल्लो रात युवतीहरुको मनोदशाको विषय

  • सही वा गलत फैसला

मानिसहरुलाई विवाह अघि एउटा युवतीले हनिमूनको गन्तव्यबारेमा मात्र सोच्ने गर्छन् भन्ने लाग्छ तर यो साँघुरो सोच हो । वास्तवमा विवाहलाई लिएर महिलाहरुको मनमा धेरै सपना र योजनाहरु हुन्छन् र जीवनको अहम् क्षण अघि उनीहरुलाई डर र चिन्ता हुन्छ । उनीहरु आफूले लिएको निर्णयको बारेमा दोस्रोपटक सोच्छन् गहिरिएर । यो निर्णय लिन हतार त गरिन, निर्णय सही हो वा गलत यस्ता धेरै प्रश्नहरु महिलाको मनमा खेल्ने गर्छ ।

  • नयाँ घरले कस्तो व्यवहार गर्लान्

महिलाको मनमा विवाहको अघिल्लो दिन जरुर यो प्रश्न उठ्छ कि मेरो नयाँ घर कस्तो होला, नयाँ सदस्य कस्ता होलान्, कस्तो व्यवहार गर्लान् इत्यादी । नयाँ परिवारले आफूलाई बुझ्छन्, बुझ्दैनन्, आफ्नो भविष्यलाई बनाउन सहयोगी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नहरुले विशेष स्थान लिन्छन् ।

  • जीवन साथी

एउटा महिलाले विवाह अघि नै आफ्नो मनमा उसको हुनेवाला जीवनसाथीको छविको कल्पना गरेकी हुन्छन् । विवाहको अघिल्लो रात एउटी महिलाभित्र निकै चिन्ता र डर हुन्छ कि हुनेवाला जीवनसाथी आफ्नो कल्पना अनुरुप हुन्छ वा हुँदैन भन्ने ।

  • विवाहमा हुने खर्च

विवाहमा हुने खर्च पनि एउटा विषय हो जुन प्रत्येक महिलाको मनमा विवाह अघि उठ्ने गर्छ । आफ्नो विवाहले परिवारमा पार्ने आर्थिक बोझका बारेमा एउटा जिम्मेवार महिला सधै सजक र चिन्तित रहन्छिन् ।

  • यौनसम्पर्क

महिलालाई विवाह अघिको रात जीवनको पहिलो शारीरिक सम्बन्धको जरुर त्रास र भय हुन्छ । यदि कुनै महिला त्यसको लागि मानसिकरुपमा तयार छैनन् भने त्यस समय ती महिलाका लागि यो सोचले अझ जटिल समस्या उत्पन्न गराउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !