१३ बैशाख २०८१, बिहिबार

नृत्यवाट हाम्रो स्वास्थ्यमा हुने अनेक फाइदाहरु


dance

शरीर, मन र भावनाको सन्तुलन बनाइराख्न संगीतको तालमा गरिने शारीरिक क्रियाकलाप हो नृत्य । मनोरञ्जनका रुपमा हेरिने नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धको स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुणहरु रहने योग चिकित्सकहरुले जनाएका छन् । नृत्यलाई जीवनकै एक भागको रुपमा राख्दा धेरै किसिमको फाइदा आफैंलाई हुने गर्छ । नृत्यका केहि फाइदा यस्ता छन् । नृत्य गर्दा शारीरिक, मानसिक र भावनात्मक कसरत हुन्छ जसले शरीर, मन र भावनाको तालमेललाई जागरुक बनाइराख्छ । नृत्यले व्यक्तीमा प्रफुल्लता बढाउँछ । प्रसन्न राख्ने हर्मोनहरु (जस्तैः इन्डोर्फिन, सेरेटोनिन) को मात्रा बढाउँछ ।

नृत्यले एक प्रकारको शक्ति प्रदान गर्छ। महिलाहरू नाच्न खुबै रुचाउँछन् र उनीहरूलाई नृत्य गरेको निकै सुहाउँछ पनि। रत्यौली होस्, झुला होस् वा तीज महिलाहरू आफ्नो कम्मर मर्काउन पछि पर्दैनन्। नृत्यले शारीरिक दुखाइ कम गर्छ । हिनताबोधको अन्त्य गर्न मद्दत गर्दै जीवनको गुणस्तरता बढाउँछ। चिकित्सकका अनुसार नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धलाई निम्न प्रकारका फाइदा हुने पुष्टि गरेको छन् । बच्चाहरुको नृत्य गर्ने बानीले बच्चाहरुलाई मोबाइल गेम, ल्यापटप गेम आदिको लतबाट छुट्कारा दिन्छ । हड्डिहरुलाई बलियो बनाउँछ । शारीरिक व्यायामको क्षमता बढाउँछ ।

बच्चाहरुको व्यक्तित्व विकास गर्छ । बच्चामा सहयोगी भावना र मिलेर काम गर्ने बानीको विकास हुन्छ । जसले गर्दा सामाजिक स्वास्थ्यको विकास हुन्छ । पारिवारिक अन्तक्र्रिया बढाउँछ । बच्चाहरुको मानसिकता बुझ्न सहयोगी हुन्छ । आफूलाई चिन्ने, बुझ्ने र मनको संयम गर्न सक्ने क्षमता विकास गर्छ । नृत्य गर्दा एक प्रकारको हार्मोन उत्पन्न हुन्छ जसले मानिसमा उत्पन्न हुने तनाव कम गर्छ। नृत्यका शारीरिक एवं मानसिक दुवै फाइदा छन् । नृत्य गर्दा महिलाहरूले केही समय भए पनि तनाव बिर्सन्छन् । नृत्य गर्दा उनीहरू केवल आफ्नो नृत्यको स्टेप मात्र सम्झन्छन् । दिनहुँ नृत्य गर्दा महिलाहरूको व्यक्तित्वमा पनि निखार आउने साल्सा डान्स एकेडेमीका विवेकराज श्रेष्ठ बताउँछन् । नृत्य गर्दा हलुका खाना खाएर नृत्य गर्नुपर्छ । अघाएको वा भोकाएको बेला नृत्य गर्नुहुँदैन । सुविधाजनक पहिरन छनोट गर्नुपर्छ । गहना, जुत्ता तथा ब्याग आदि असुविधाजनक हुनुहुँदैन ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !