१२ बैशाख २०८१, बुधबार

चिसो मौषममा निमोनियाबाट पच्ने उपायहरु


health

निमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ । यसमा फोक्सोका कोषहरू सुन्निन्छन् । अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । केही भाइरसका प्रजातिहरूले कडा खालको निमोनिया गराउँदछन् । जाडो समय बढेसँगै निमोनियाका बिरामीहरुको संख्या पनि बढ्ने गर्छ । निमोनियाको समयमा उपचार हुन नसक्दा धेरै मानिसको ज्यान पनि जाने गर्छ । निमोनिया भन्नाले फोक्शोमा हुने संक्रमणलाई बुजिन्छ । चिसोले यो समस्यालाई बढी सताउने गर्छ । यस समस्याले सताएपछि केहि नसोची यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरा तिर लाग्नुपर्छ । जतिसक्दो समयमा नै उपचार गर्नुपर्छ ।

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र निमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने निमोनियामध्ये पनि क्तचभउतय अयअअगक प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ । केही दिनपछि खकार पहेलो आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ । बिरामीले छिटो-छिटो र छोटो छोटो सास फेर्न थाल्छ ।

यस समस्याका रोकथामका उपायहरु यस्ता छन् :
बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ । केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ। पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

यसकारण हाच्छिउँ रोक्नु हुँदैन, क्षतिबाट बच्न के गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !