८ बैशाख २०८१, शनिबार

अन्डा सेवनका दस फाइदाहरु


अन्डालाइ सुपर फुड पनि भनिन्छ । अन्डामा प्रचुर मात्रामा हाम्रो शरिरलाई चाहिने पोषक तत्वहरु पाइन्छ । यहाँ अन्डा सेवनको दश फाइदाहरु प्रस्तुत गरिएको छ ।

१. यो आत्यन्तै पोषिलो हुन्छ्
हाम्रो शरिरलाई चहिने धेरै खाले पोषक तत्व अन्डामा पाइन्छ । एउटा सिङो उमालेको अन्डामा पाइने पोषक तत्वहरु यस प्रकार छन ।
भिटामिन “ए” – ६ %
फोलेट – ५ %
भिटामिन “बि ५ ” – ७ %
भिटामिन “बि १२” – ९ %
भिटमिन ” बि २ ” -१५ %
फोस्फरस – ९ %
सेलेनियम – २२ %
यसका साथसाथै यसमा भिटामिन “डि” , “इ” ,” के” ,”बी ६”, क्याल्सियम र जिङक पनि पाइन्छ । साथै यसमा ७७ क्यालोरी शक्ती ,६ ग्राम प्रोटिन र ५ ग्राम उप योगी चिल्लो पदार्थ पाइन्छ ।

२. अन्डामा कोलेस्टेरोल बढी भए पनि यसले ब्लड कोलेस्टेरोल भने बढाउदैन

an egg

एउटा अन्डामा २१२ मिलीग्राम कोलेस्टेरोल पाइन्छ जुन परिमाण हामिलाई प्रती दिन सिफारिस गरिएको परिमाण ३०० मिलिग्राम भन्दा कम हो। हाम्रो कलेजोले पनि कोलेस्टेरोल उत्पादन गर्ने भएकोले अन्डा सेवन गर्दा प्राप्त हुने कोलेस्टेरोलको मात्राले उक्त कोलेस्टेरोलको पुर्ती गर्ने हुँदा कलेजोले कोलेस्टेरोल उत्पादन गर्दैन र यसको मात्रा सन्तुलन गर्दछ ।

३ यसले फाइदाजनक कोलेस्टेरोल HDL (high density lipoprotein) को मात्रा बढाउछ ।
HDL नामक कोलेस्टेरोलको मात्रा शरिरमा बढि भएमा यस्ले मुटुको रोग लाग्न बाट बचाउछ । अन्डाले यसको मात्रा बढाउन सहयोग गर्छ ।

४ यसमा चोलिन नामक महत्वपूर्ण पोषक तत्व पाइन्छ
चोलिन एक प्रकारको भिटामिन “बि” हो जुन अन्डामा आवश्यक मात्रामा पाइन्छ। यो पोषक तत्वले कोष झिल्लीको निर्माण गरी कोषलाई स्व्स्थ्य राख्द्छ ।

५. यसमा पाइने एक प्रकारको  LDL कोलेस्टेरोल हानिरहित हुन्छ ।
LDL कोलेस्टेरोललाई हानिकारक कोलेस्टेरोलको रुपमा लिइन्छ। तर जुन कोलेस्टेरोलको अणुको आकार सानो हुन्छ त्यही मुटुको लागी हानिकारक हुन्छ । अन्डामा पाइने LDL कोलेस्टेरोलको अणुको आकार ठुलो हुने भएकोले यो मुटुको लागी पनि हानी कारक हुँदैन ।

६. आँखाको स्वास्थ्यको लागी पनि उपयुक्त
अन्डाको पहेलो भागमा लुटेइन (lutein), ज्यान्थिन (Zeaxanthin) र एन्टिअक्सीडेन्ट (antioxidant) पनि पाइन्छ जसले आँखाको रेटिनालाई राम्रो अवस्थामा राख्नुको साथै आँखलाई स्वस्थ्य राख्द्छ ।

७. अन्डामा पाइने ओमेगा ३ ले ट्राइग्लिसराइड्सको मात्रा घटाउछ

कुखुरालाई यदी ओमेगा ३ युक्त खाध्य पदार्थ दिइएको छ भने त्यस्तो अन्डामा ओमेघा ३ फ्याटी एसिड पाइने हुँदा त्यसले ट्राइग्ली सेराइडको मात्रा घटाइ मुटुको रोग हुनबाट समेत बचाउछ ।

chicken and egg

८. यसमा उच्च गुणस्तर को प्रोटिन पाइन्छ
अन्डामा हाम्रो शरिरलाई आवश्यक पर्ने सम्पुर्ण प्रकरका एमिनो एसिड (प्रोटिनको सम्र्चनात्मक एकाइ) पाइन्छ जसले शरिरको बिकासमा महत्वपुर्ण भूमिका खेल्द्छ ।

९. यसले मुटुको स्ट्रोक पनि नबढाउने तथ्य सार्बजनिक भएको छ
२,६३,९३८ मानिसमा गरिएको एक अध्ययन बाट अन्डाको सेवनले मुटुमा कुनै समस्या नआउने देखीएको छ। तर मधुमेहको रोगिले भने धेरै अन्डा सेवन नगर्नु नै हितकारी हुने बताइएको छ ।

१०.अन्डाले शरिरको तौल घटाउन पनि सहयोग गर्छ
बिषेश गरी शरिरको तौल बढाउने खाना अन्तरगत बढी कार्बोहाइड्रेट युक्त खाना जस्तै भात, आलु, पिठोबाट बनेका परिकार र चिनी बढी भएका परिकारहरु पर्दछ्न। अन्डामा प्रोटिन र आवश्यक तत्वहरु पाइने हुनाले यसको सेवनले अन्य क्यालोरीको माग घटाउनु साथै शरिरको बोसो समेत घटाउने गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !