७ बैशाख २०८१, शुक्रबार

शरीरलाई स्वस्थ राख्नको लागि दौडँदा ध्यान दिनुपर्ने कुराहरु


runing

हरेक मानिसहरु आफ्नो शरीरलाई वा स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्तीका लागि दौडिने गर्दछ । शरीर स्वस्थ राख्न सन्तुलित खानपानसँगै शारीरिक व्यायामको पनि महत्व छ । शारीरिक व्यायामकै एउटा पाटो हो दौड । दौडिँदा शरीरबाट धेरै उर्जा खपत हुन्छ । दौडिँदा साबिकको भन्दा बढी बल आवश्यक पर्दछ । तसर्थ धावकले होस् या शरीर चुस्त राख्न दौडिनेहरुले दौडसँगसँगै खानपानमा पनि ध्यान दिनु जरुरी छ । दौडिनेहरुले दौडाइअनुसार के खाने भन्ने ख्याल राख्नुपर्छ ।

यदि तपाई सामान्य तरिकाले ३–४ माइल दौडँदै हुनुहुन्छ भने दौडनुअघि खानेकुरा नखाँदा हुन्छ । यो सामान्य दूरीको दौड हो, तसर्थ यस्तो अवस्थामा दौडनुअघि खाना खानु आवश्यक हुँदैन । शरीरको मांशपेसीमा पर्याप्त ग्लाइकोजेन (शरीरको उर्जा सञ्चित हुने अवस्था) हुन्छ, जुन आवश्यकता अनुसार दौडँदा या भारी काम गर्दा उपयोग हुन्छ । दौडनुअघि आठ औँस पानी वा न्यून क्यालोरियुक्त ‘स्पोर्टस ड्रिङ्क’ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै दौडनु छ भने तोकिएको परिणाममा पानी पिउनु राम्रो, किनकी रातभरि सत्दा डिहाइड्रेडसन भएको हुन सक्छ । चार माइलभन्दा बढी तीव्र गतिमा दौडनुअघि ५० देखि ६० ग्राम कार्बोहाइड्रेड (जस्तैः ओटमिल, केरा) खानुपर्छ । तर दौडनुभन्दा एक वा दुई घन्टाअघि मात्र यो खानेकुरा खानुपर्छ, ताकि खानेकुरा राम्रोसँग पच्न सकोस् र शरीरमा पोषणतत्व घुल्न पाओस् ।

निकै तीव्र गतिमा धेरै समय दौडनु छ भने अघिल्लो रात नै पर्याप्त कार्बोहाइड्रेडयुक्त खानेकुरा खानुपर्छ । पास्ता, भात–सब्जी र पोषणयुक्त खानेकुरा खानुहोस् ताकी मांशपेशीको ग्लाइकोजेन भण्डार बलियो होस् ।

  • आधा घण्टाभन्द कम दौडिँदा

बिहान वा दिउँसो आधा घण्टाभन्दा थोरै समय दौडँदै हुनुहुन्छ भने मनतातो पानी मात्र पिउँदा पर्याप्त हुन्छ ।

  • आधा घण्टाभन्दा बढी दौडँदा

आधा घण्टाभन्दा बढी वा एक घण्टा नै दौडँदै हुनुहुन्छ भने न्यून क्यालोरियुक्त डाइट खानुहोस् । विशेषगरी पेयपर्दाथ पिउनुहोस् जसको क्यालोरी न्यून होस् । इलेक्ट्रोलाइटयुक्त पेय पर्दाथले मांशपेसीको कामलाई सहज बनाउँछ । सोडियम र पोटासियमयुक्त इलेक्ट्रोलाइटले मांशपेसीले तरल पर्दाथ प्राप्त गर्ने, अक्सिजन प्रवाह हुने र शरीरको गतिविधि सुचारु बनाउँछ । ठोसभन्दा तरल पर्दाथले शरीरमा छिटो उर्जा दिन्छ ।

  • डेढ घण्टाभन्दा बढी दौडिँदा

दैनिक डेढ घण्टाभन्दा बढी दौडनु छ भने हरेक २५ देखि ३० मिनेटको अन्तरमा २० ग्राम कार्बोहाइड्रेड खानुहोस् । मांशपेशीमा ग्लाइकोजिनको पर्याप्त भण्डारणका लागि आधा घन्टाको अन्तरमा ३० देखि ६० ग्राम कार्बोहाइड्रेड खानुपर्छ । ९० मिनेट वा सोभन्दा बढीको दौडमा कार्बोहाइड्रेड र स्पोर्ट्स ड्रिङ्कले शरीरलाई चुस्त बनाउँछ र कमजोरी तथा आलस्यबाट बचाउँछ । तर, दौडको समय स्पोर्ट्स ड्रिङ्क बढी पिउँदा भने पेट र आन्द्रामा असर गर्छ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !