१३ बैशाख २०८१, बिहिबार

मिर्गौलापीडितलाई आर्थिक सहयोग


moneyy

६ मङ्सिर, पोखरा । दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गर्नुभयो । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराइरहनुभएको छ । पचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उहाँकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ ।

वडा कार्यालय भवन शिलान्यास

पोखरा महानगरपालिका–११ मा रु दुई करोड ४९ लाख ३३ हजारको लागतमा दुई तल्ले पक्की कार्यालय भवन निर्माण गरिने भएको छ । आगामी १५ महीनाभित्र निर्माण गर्ने लक्ष्य रहेको उक्त भवन महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !