६ बैशाख २०८१, बिहिबार

भारतको मध्यप्रदेशमा ३१ जनामा जिका भाइरस


Nepalpatra

२६ कात्तिक, नयाँदिल्ली । भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ ।

पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् ।

प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ ।

सङ्कलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् ।

निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टीका लागि नेसनल इन्स्टीच्युट अफ भाइरोलोजी पुणेमा पठाएको छ ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !