१३ बैशाख २०८१, बिहिबार

ब्रेड, चिप्स र आलुलाई खैरो बनाएर नखान वैज्ञानिकको सुझाब


chips

वैज्ञानिकहरुले ब्रेड, चिप्स र आलुलाई डढाएर वा खैरो बनाएर नखान सुझाब दिएका छन् । खैरो बनाएका यी तीन परिकारले मानिसलाई क्यान्सर निम्त्याउन सक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । ओभनमा सिधै रोस्ट गर्दा वा फ्राई गर्दा एक प्रकारको सेतो तत्व एक्राइलेमाइड उत्पन्न हुने र यसले मानिसको स्नायु तन्तु मा अशर गर्ने उनीहरुले बताएका हुन् । स्मरणहोस एक्रलेमाईड आफैमा क्यान्सरजन्य तत्व हो ।

वैज्ञानिकहरुले आलु र अन्य गेडागुडीलाई फ्रिजमा नराख्न सुझाब दिएका छन् । किनकी न्यून तापक्रममा चिनिको तह बढ्छ र पकाउँदा खेरी एक्राइलेमाईडको तह बढ्छ ।

एक्राइलेमाइड विभिन्न प्रकारका खानेकुरा र विशेषगरी खानेकुरा पकाउने प्रक्रियामा उत्पन्न हुन्छ । चिप्स, ब्रेड, ब्रेकफास्ट सेरेल्स, बिस्कुट, क्रेकर, केक्स र कफीलाई १२० डिग्री सेन्टीग्रेड तापक्रमा भन्दा माथि पकाउदा यो तत्व उत्पन्न हुन्छ ।

कार्बोहाईड्रेडयुक्त खानेकुरा, आलु, चिप्स, र ब्रेडमा पनि क्यान्सरजन्य यस्तो तत्व पाइन्छ । रोटीलाई टोस्ट बनाउदा यो तत्व उत्पन्न हुन्छ । टोस्टको कालो रंगमा एक्राइलेमाईड उत्पन्न हुन्छ । खैरो बनाउने प्रक्रियामा चिनि, एमिनो एसिड र पानीको मिश्रण हुन्छ ।

यी खानेकुराबाट उत्पन्न हुने रसायनले जनाबरको डीएनएलाई विषालु र क्यान्सरयुक्त बनाइदिने भन्दै वैज्ञानिकहरुले मानिसहरुमा पनि यस्तो सम्भावना भएको देखाएका छन् । तथापी यसबारे मानिसमा पुष्टि हुन भने बाँकी नै रहेको छ । एक्राईलेमाईडको एक्सपोजले मानिसलाई जीवनभर क्यान्सरको खतरा हुने र प्रजनन प्रणालीमा असर गर्ने उनीहरुको विश्वास छ ।

यसैबीच, बेलायतको फुड स्टर्यान्डन्ड एजेन्सीले पकाउने सम्बन्धी निर्देशिका साबधानीपूर्वक पालना गर्न र खानेकुरालाई नडढाउन निर्देशन दिएको छ ।बीबीसीबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !