११ बैशाख २०८१, मंगलबार

धेरै खानुका हानी


ricevv

कुनै पार्टी वा समारोह तपाईलाई मीठा-मीठा परिकार र मदिराबिना पक्कै पनि पूर्ण लाग्दैनन् । त्यस्ता अवसरमा अरुलाई नबोलाएको भए टन्न खाएर दिक्दारी वा एक्लोपनसँग जुध्ने पनि भेटिन्छन् । यस्ता अवसरमा शरीरको आवश्यकताभन्दा बढी खाइन्छ पनि । तपाई अस्वाभाविक परिमाणमा खानुहुन्छ भने यो अवश्य पनि खन्चुवापनको लक्षण हो । छोटो समयमै अत्यधिक पिउनु पनि जड्याहापनको लक्षण हो । खानेकुरा अनियन्त्रित रुपमा खानुको बेफाईदा मात्र छन् ।

सुरुमा तपार्इंको पेट सुरुमा मुठीजस्तो सानो थियो । त्यही पेटलाई अहिले एक प्लेट खानाले प्रर्याप्त पुग्दैन । जब तपार्इको पेटमा थप खाना जान्छ, पेटको आकार अस्वाभाविक हुन्छ । ठूलो र गह्रौँ पेट पक्कै पनि शरीरका लागि असजिलो हुन्छ ।

  • हिक्क हिक्क आउँछ

जब खानास्वादिलो हुन्छ, खाने मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ । छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा छिर्छ । त्यसपछि तपाईलाई हिक्क-हिक्क लाग्न थाल्छ । कुनै बेला निकै डकार आउँछ ।

  • फोक्सोलाई भार

फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी भार दिन्छ, ताकि तपाईमा स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न गाह्रो पर्छ । तसर्थ ठूलो भाग खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै फेर्न नसकेर या उकुसमुकुस भएर अस्पताल नै जानुपर्ला ।

  • खानाको पाइप बन्द

बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुन्छ । जसका कारण खाएको खाना पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ र मुटु नजिकैको क्षेत्रमा एक प्रकारको जलन हुन्छ ।

  • अल्छी लाग्छ

अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने हुन्छ । पेटभित्र खान पचाउने तापमानलाई बढी समय कार्य गर्नुपर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिन्छ । पाचन प्रणालीलाई सघाउन तपाईको रगत दिमागबाट बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि उङ्ने समस्या हुन्छ । अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।

  • तौल बढ्छ

बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मानिस सानो उमेरमै मोटोपनको सिकार बन्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु भनेको मृत्युको अर्को कारण पनि हो । हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण वर्षेनी मृत्यु भइरहेको छ ।

  • पचाउन गाह्रो

खाएको खानेकुरा केही मिनेटदेखि धेरै घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।

  • शरीरका अंगमा हानि

बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !