७ बैशाख २०८१, शुक्रबार

औषधिको प्रकार र त्यसले काम गर्ने तरिका


Drug action

-राम ठकुरी

आजको बैज्ञानिक युगमा मानिसको दैनिकी सह्ज हुँदै गइरहेको छ । बिज्ञान प्रबिधिको क्रमिक बिकास हुने क्रममा बिभिन्न प्रकारका रोग उपचारमा प्रयोग हुने नयाँ नयाँ प्रबिधी र औषधीहरुको बिकास भइरहेको छ ।

औषधिको प्रकार
रोग उपचारमा प्रयोग हुने औषधीलाई मुख्यतया दुइ प्रकारमा बिभाजन गर्न सकिन्छ । पहिलो प्रकारमा आयुर्बेदिक औषधी पर्दछ । आयुर्बेदिक औषधी अन्तर्गत कुनै पनि औषधिय गुण भएको बसन्पती वा जिवको पुरै शरिर वा शरिरको कुनै भाग जस्तै जरा, पात , मुन्टा , बियाँ , फल आदीको धुलो पर्दछ । कुनै बनस्पती वा जिवको पुरै शरिर वा शरिरका केहि भाग मा मात्रै हजारौं प्र्कार का भिन्नाभिन्नै यौगिक ( Compound) हरु पाइन्छ्न । ति यौगिकहरु मध्य केहि यौगिकले वा कुनै एउटा मात्र यौगिकले मात्र रोग निवारणमा भूमिका खेल्ने हुन्छ ।

रसायनशात्री ( Chemist) हरुले ति हजारौ यौगिक हरु लाई छुटाइ तिनिहरुको भिन्दाभिन्दै प्रयोग र जाँच (test) गरी सबैभन्दा उपयोगी यौगिक पत्ता लगाइ त्यो एक थरी यौगिकबाट मात्र तयार पारिएको औषधी लाई एलोप्याथीक ( Allopathic) औषधी भनिन्छ । यसरि एलोप्याथीक औषधिमा सबैभन्दा उपयुक्त यौगिकको अणु मात्र पाइने हुनाले यसले रोग को निदान छिटो गर्ने हुन्छ र त्यसैले आधुनिक चिकित्सा प्रणालीमा डक्टर ले सिफारिस गर्ने र फार्मेसी ( Pharmacy) मा पाइने औषधीहरु सबै एलोप्याथिक औषधी नै हुन ।

औषधिले कसरी काम गर्द्छ ?
जब हामी औषधी सेवन गर्छौ , पेटमा पुगेपछी औषधिका अणुहरु लाई आन्ध्राले सोसी रगतमा पुर्याउछ। त्यस्तै सिरिन्ज प्रयोग गरी दिइएको औषधी भने सिधै रगतमा मिली हाल्छ । सो औषधिका अणुहरुलाई रगतले रोग लागेको वा प्रभाबित अङको तन्तु र कोषमा पुर्याउछ । सम्बन्धित तन्तुमा प्रबेश गरिसकेपछी औषधिको अणुहरुले रोग लगाउने तत्व लाई साँचो (key) ले ताल्चा (lock) लाई पक्रेझै पक्रन्छ र त्यसलाई निस्कृरी बनाइदिन्छ । औषधिको कार्य गर्ने यो तरिका key and lock theory मा आधारित हुन्छ, तेसैले रोग लगाउने क्षुक्म तत्वको प्रकार र आकारलाई मध्यनजर गरी रसायनबिदहरुले त्यही अनुरुप आकारमा औषधिको अणुको डिजाइन गरेको हुन्छ ।

key and lock action of drug

जस्तै कुनै प्रकारको ब्याक्टेरियाको सन्क्रमणले रोग लागेको छ भने त्यो ब्याक्टेरियाको आकार र प्रकार अनुसार त्यसलाई घेरेर त्यसको कोषभित्ता ( cell wall) लाई फुटाएर नस्ट पार्न सक्ने खालको अणुहरु प्रयोग गरी अत्यन्तै क्षुक्स्म तरिकाले औषधीको अणुको छ्नोट र बिकास गरिएको हुन्छ ।

drug design


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !