११ बैशाख २०८१, मंगलबार

स्वास्थ्यको लागि स्याउ खानुका फाइदाहरु


स्याउ

स्याउलाई निकै हितकारी फल मानिन्छ । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । स्याउ रेशायुक्त फल हो । यसमा प्रशस्त फाइबर पाइन्छ । स्याउको नियमित सेवनले पाचन क्रियालाई समेत सन्तुलित र नियमित गर्न मद्धत गर्छ । साथै स्याउमा एन्टी अक्सिडेन्ट तत्व प्रचूर मात्रामा पाइन्छ जसले विभिन्न खालका रोगसँग प्रतिरोधी क्षमता बढाउने मात्र होइन छिटो बुढ्यौली लाग्ने रोग अर्थात् समस्यालाई समेत कम गर्ने बताइएको छ । वैज्ञानिक अध्ययनले पनि के पुष्टि गरेको छ भने स्याउले मुटुरोग, क्यान्सर तथा मधुमेहसँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ ।

सहज र सबै सिजनमा पाईने फल हो स्याउ । स्याउ स्वादका लागि खाने गरेपनि यसको फाइदाको बारेमा पनि जान्नु आवश्यक छ । दैनिक एउटा स्याउ खाँदा स्वस्थ रहन पनि सहयोग पुर्याउँछ । स्याउ खानले विभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । हामी दैनिक स्याउ खानाले हुने फाइदाको बारेमा चर्चा गर्नेछौँ । स्वास्थ्यको लागि स्याउ खानुका फाइदाहरु यसप्रकार छन् ।

१. पार्किंसन्स रोग लाग्नबाट बचाउँछ

एक अध्ययनका अनुसार ज्यादा फाइबरयुक्त फल खाँदा दिमाख स्वस्थ रहन्छ । जसले फाइबर युक्त फल खान्छ त्यसलाई पार्किंसन्स रोग लाग्ने सम्भावना कम हुन्छ । पार्किंसन्स दिमाखको बिरामी हो । स्याउ खानाले उक्त रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

२. दाँत स्वस्थ रहन्छ                                   

दाँतलाई सफा र स्वस्थ राख्न चहानुहुन्छ भने दैनिक स्याउ खानुहोस् । यस्तै स्याउ खानाले दाँतमा लागेका दाग र फोहोरहरु पनि हटाएर सफा र चम्किलो बनाउने काम गर्छ । स्याउ खानाले मुखमा धेरै मात्रामा र्याल उत्पन्न गराउँछ, जसले गर्दा दाँत बलियो र सफा राख्न मद्दत गर्छ ।

३. क्यान्सरबाट बच्न सकिन्छ

स्याउले क्यान्सर जस्तो ज्यान लिने रोगबाट बचाउने काम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानका अनुसार जुन फलमा एन्टीआक्सीडेन्टस हुन्छ त्यसको सेवनले क्यान्सर लाग्न सक्ने जोखिमलाई कम गर्छ । स्याउ खानाले स्तन, कलेजो जस्तामा क्यान्सर हुने सम्भावना निकै कम गर्छ ।

४. मधुमेह हुन दिँदैन

एक नयाँ अध्ययन अनुसार हर दिन एउटा स्याउ खानाले डायबिटीज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउमा पाइने घुलनशील फाइबरले रगतमा हुने सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

५. अल्जाइमरबाट बचाउँछ

एक नयाँ अध्ययन अनुसार दैनिक स्याउ वा स्याउको जूस सेवन गर्नाले अल्जाइमरबाट बचाउन सहयोग गर्छ । साथै उमेर अनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ ।

६. कोलेस्ट्रोलको मात्रा कम गर्छ

स्याउमा घुलनशील फाइबर धेरै मात्रामा हुन्छ । यसले शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । जस कारण तपाईं निकै स्वस्थ रहन सक्नुहुन्छ ।

७. मुटुलाई स्वस्थ राख्छ

एक नयाँ अनुसार स्याउको सेवनले मुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । यसको सेवनले मुटुमा अतिरिक्त दबाब पर्न नदिने र रक्त प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ ।

८. पित्तको पथरीबाट बच्न सकिन्छ

पित्तमा तरल रुपमा जम्मा हुने कोलेस्ट्रोलका कारण पित्त पथरी हुने गर्छ । पित्त पथरी हुनबाट जोगिन चिकित्सकहरुले यस्तो आहारा खान सल्लाह दिन्छन् कि जसमा फाइबर धेरैमात्रा भएको होस् । यसर्थ स्याउको सेवनले पित्त पथरी हुनबाट जोगिन सकिन्छ । साथै शरीरको तौललाई नियन्त्रण राख्ने देखि लिएर कोलेस्ट्रोलको मात्रालाई पनि सामान्य बनाउँछ ।

९. डायरिया र कब्जियत हुनबाट जोगाउँछ

के तपाईं डायरिया र कब्जियको बिमारी हुनुहुन्छ । यदि हो भने दुईवटै रोगको निदानका लागि स्याउमा पाइने फाइबर तपाईंको सहयोगी हुन सक्छ । फाइबरले शरीरमा पानीको प्रवाह बढाएर तपाईंको कब्जियतलाई निको पार्न सहयोग पुर्याउँछ । यस्तै स्याउ खानाले डायरिया हुनबाट पनि जोगाउँछ ।

१०. शरीरको तौललाई नियन्त्रण गर्छ

स्वास्थ्यमा आइरहने गडबढीको कारण अधिक शारीरिक तोल पनि हुनसक्छ । मुटुको रोग, उच्च रक्तचाप, डायबिटीज, अनिन्द्रा जस्ता समस्याको कारण शरीरको मोटोपन हुन सक्छ । तपाईं आफ्नो शारीरिक तौललाई नियन्त्रणमा राखेर स्वस्थ रहन सक्नुहुन्छ । यसका लागि चिकित्सकले तपाईंलाई फाइबर युक्त आहारा खान सल्लाह दिन्छन् । फाइबर युक्त आहाराले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन । साथै अतिरिक्त क्यालोरी पनि पाइँदैन । उक्त फाइबर स्याउमा फाइन्छ । यसर्थ दैनिक एउटा स्याउ खानाले शरीरको तौललाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

स्याउ खेती गर्ने तरिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !