११ बैशाख २०८१, मंगलबार

कुन खानेकुरासंग के मिसाएर खानु हुँदैन ?


खानेकुरासंग के मिसाएर खानु हुँदैन

भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरको विकास गर्दछन्, त्यसलाई स्वस्थ राख्दछन् र शक्ति प्रदान गर्दछन् । सही भोजन नहुँदा नै मानिसको शरीरमा रोग निम्तन्छ । विरोधी भोजनले रोग निम्त्याउँछ । एक आपसमा तत्वहरु जुधेपछि रोग निम्तिन्छ । तसर्थ, मानिसले खानामा सचेतता अपनाउन सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ ।  के संग के खानेकुरा संगसंगै भोजन गर्नुहुँदैन, जानकारी थाहा पाई राखौ ।

१.  माछा र दुध तथा दुधबाट बनेका खानेकुरा

माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

२.  खीर र सातु

खीर खाएपछि सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।

३.  काँसको भाँडामा राखेको घ्यू

काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिकारक मानिन्छ ।

४.  दुध र  दहीसँग अन्य

दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानुहुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

५.  दहीसँग अन्य

दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर,  भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।

६. घ्यु र मह

घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनुहुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।

७.  पानी पिउने वित्तिकै अन्य

पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।

८.  मह तातो दुधसँग

मह तातो दुधसँग कहिल्यै पनि खानुहुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो  चिजसँग मह मिसाएर खानुहुँदैन मह आफैमा तताएर पनि खानुहुँदैन ।

९. मुला र दुधसँगै

मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दुधसँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

१०. तेल वा घ्यूमा बेसार फ्राइ गर्नु हुँदैन

तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सीसँगै खानुहुँदैन ।

११. खरवुजा र हाँसको अण्डा मिसाएर

खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जानसक्छ । यी  २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !