८ बैशाख २०८१, शनिबार

डिप्रेसनबाट मुक्त हुन सहयोग गर्दछ पुदीनाको नियमित सेवन


Pudina

पुदीनाले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ ।

स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ ।

पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ । तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।

स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ।

यो पनि पढ्नुहोस् :

स्मरण शक्ति बढाउने सजिला उपायहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !