पोलेको मासु खाने बानी छ ? छ भने आजैदेखि छोड्नुहोस् Nepalpatra पोलेको मासु खाने बानी छ ? छ भने आजैदेखि छोड्नुहोस्
८ माघ २०७७, बिहिबार

पोलेको मासु खाने बानी छ ? छ भने आजैदेखि छोड्नुहोस्


sekuwa-poleko-maasu1

अधिकाँश मानिसलाई सेकुवा (पोलेको मासु) खुव मनपर्छ । र दशैं जस्ता चाड पर्वमा त पोलेको मासुको उच्च खपत हुने गर्छ । दशैमा खाने खसीको वा राँगाको मासुलाई रातो मासु भनिन्छ जुन स्वास्थ्यका दृष्टिले घातक मानिन्छ । चिकित्सकहरुले पोलेको मासु रक्सी भन्दा पनि हानीकारक रहेको र यसले क्यान्सरको खतरा उच्च पार्ने चेतावनी दिएका छन् ।

अझै पोलेर नून तथा खुर्सानी वा मसला हालेको मासु त स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको चिकित्सकहरुको भनाइ छ । मासु वा माछालाई आगोमा राखेर पकाउँदा यसमा क्यान्सर हुने उच्च जोखिमपूर्ण कार्सिनोजेन्सको मात्रा शरीरमा बढाउँछ ।

यो रसायन सिगर्टको धुवाँ वा रक्सी खानु भन्दा पनि घातक रहेको चिकित्सकहरुको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !