७ बैशाख २०८१, शुक्रबार

मधुमेह भए नभएको जानकारी अब पसिनावाट


pasina

वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन् । ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ । दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्सर प्रभावकारी भएको प्रमाणित गरेका हुन् । यसबाट मधुमेह पीडितलाई सहयोग पुग्ने वैज्ञानिकहरुको विश्वास छ । यो सेन्सरलाई एउटा ‘प्याच’ले सानो सुइसँग जोडिएको छ । यसले मधुमेहको औषधि शरीरमा आपूर्ति गरिदिन्छ ।

सोल विश्वविद्यालयको वैज्ञानिक समूह मधुमेहका बिरामीलाई परीक्षणका लागि रगत संकलन गर्नबाट छुटकारा दिलाउन चाहन्थ्यो। मधुमेह दुई प्रकारको हुन्छन् । एउटा, अनियमित खानपान र जीवनशैलीका कारण ब्लड सुगरको मात्रा नियन्त्रण गर्ने शारीरिक क्षमता ह्रास भएर हुन्छ । र अर्को प्रकारको मधुमेह भने, हाम्रो शरीरको रोग प्रतिरोध क्षमताले नै ब्लड सुगर नियन्त्रण गर्ने अंग निस्क्रिय बनाइदिन्छ ।

दुवै प्रकारका मधुमेहमा बिरामीको रगतमा चिनीको मात्रा (ब्लड सुगर लेभल) लाई औषधिले नियन्त्रण गरी निश्चित स्तरमा राखिन्छ । यसमा लापरबाही वा बेवास्ता गरिए बिरामीको मृत्युसमेत हुनसक्छ । यो सेन्सर निकै लचकदार भएकाले सजिलै छालामा राख्न सकिन्छ । तर, वैज्ञानिक समूहले यसलाई व्यावसायिक उपयोगमा ल्याउन अझै चुनौती बाँकी रहेको बाँकी छ ।

किनभने रगतमा जति मात्रामा चिनी हुन्छ, त्यसको तुलनामा पसिनामा चिनीको मात्रा निकै थोरै हुन्छ । यस्तोमा पसिनाबाट रगतमा चिनीको मात्रा पत्ता लगाउन सजिलो हुँदैन । त्यसमाथि पसिनामा अनेकौं केमिकल्स पनि हुन्छन् । ती केमिकलमा ‘ल्याक्टिक एसिड’ पनि हुन्छ, जसले चिनीको मात्रा निर्धारणमा प्रभाव पार्छ ।

प्याचमा तीन वटा सेन्सर छन्, जसले रगतमा चिनीको मात्रा पत्ता लगाउँछन् । पसिनाको एसिडिटी परीक्षण र पसिनाको स्तर पत्ता लगाउन ह्युमिडिटी सेन्सरको प्रयोग गरिन्छ । सबै सेन्सरलाई पसिना निस्कने छालामा लगाइन्छ । सबैले पसिना सोस्छन् । यो सबै प्रक्रियामा सेन्सर जोडिएको पोर्टेबल कम्प्युटरमा जानकारी संकलन हुन्छ र रगतमा चिनीको मात्रा निर्धारण हुन्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !