६ बैशाख २०८१, बिहिबार

कुन समयमा पानी नपिउने ?


water

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ ।

  • पल्टिएको बेला
  • दिसा गरेर आउनासाथ
  • पिसाब गरेर निस्कनासाथ
  • दूध खाइरहेको बेला
  • चिया खाइरहेको बेला
  • चना खाइरहेको बेला
  • भोजन गरिरहेको बेला
  • भोजन गरेलगत्तै
  • हिँडेर बेस्कन थाकेको बेला
  • असिनपसिन भएको बेला
  • कडा शारीरिक श्रम गरेर आउनसाथ
  • व्रत सकिनासाथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !