४ बैशाख २०८१, मंगलबार

सुन्दर, स्वस्थ र रोगमुक्त बनाउने परिकार हो क्वाँटी


Kwati

काठमाडौं क्वाँटी जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । रक्षाबन्धन या जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् ।

मस्याङ, मुगी, चना, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ तथा सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। टुसा उम्रिएको गेडागुडीको सुप खानाले धेरै स्वास्थ्य समस्याबाट राहत मिल्छ ।

क्वाँटीले स्वास्थ्यमा गर्ने फाइदा

  • कब्जियतको समस्या हटाउँछ ।
  • मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
  • यसले बुढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त पार्दछ ।
  • तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
  • यो सजिलै पाच्य हुन्छ ।
  • पेटमा अनावश्यक वायु बनाउँदैन ।
  • क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
  • रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
  • रोगी, बालबालिका, गर्भवती तथा बृद्धमा हुने कुपोषण हटाउँछ ।
  • क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
  • रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
  • टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मुत्रनलीमा संक्रमणजस्ता समस्या कम हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !