८ बैशाख २०८१, शनिबार

यसरी आँफै जाँच गर्नुहोस् तपाइको स्वास्थ्य कस्तो


health

राम्रो स्वास्थ्यका संकेत

  • राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।
  • प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।
  • दिसा ठोस, सफा र नियमित हुनु ।
  • पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।
  • पसिना दुर्गन्धरहित हुनु ।
  • निद्रा गहिरो र आरामदायी हुनु ।
  • बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।
  • श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु ।
  • तन र मन आनन्दित हुनु ।
  • अनुहार चम्किलो र उज्यालो हुनु ।
  • आँखा चम्किलो र निडर हुनु ।
  • छाला नरम हुनु ।
  • शरीर लचिलो हुनु ।
  • काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु ।
  • ढाड सिधा हुनु ।
  • पेटको परिधि छातीभन्दा भित्र हुनु ।
  • काँधहरू सिधा वा एउटै तहमा हुनु ।
  • सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु ।
  • रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु ।
  • सुत्दा मुख बन्द हुनु, आदि ।

नराम्रो स्वास्थ्यको संकेत

  • भोक नलाग्नु; लागे पनि खान मन नलाग्नु । सधैं भोक लागिरहनु । मसलेदार खाना खाने इच्छा हुनु ।
  • प्यास नलाग्नु वा प्यास लाग्दा अन्य पेय पदार्थहरू पिउने मन हुनु ।
  • दिसा पातलो, गह्नाउने, कडा वा गिर्खा परेको हुनु र पेट राम्ररी सफा नहुनु ।
  • पिसाब पोल्ने, बाक्लो, धमिलो हुनु वा गह्नाउनु ।
  • पसिना दुर्गन्धित हुनु; अत्यधिक आउनु वा नआउनु ।
  • निद्रा नलाग्नु वा सधैं सुत्न मन लाग्नु ।
  • श्वास–प्रश्वास अस्वाभाविक र असजिलो हुनु ।
  • मन निरास हुनु ।
  • अनुहार फुस्रो र अँध्यारो हुनु ।
  • आँखा कमजोर हुनु, आँखाको वरिपरि कालो पर्नु ।
  • छाला रुखो वा सुख्खा हुनु ।
  • शरीर तथा मांसपेसीहरू कडा हुनु ।
  • अल्छी हुनु वा जोस जाँगर हराउनु; थोरै काम गर्दा पनि थाक्नु ।
  • ढाड कुप्रो परेको वा मेरुदण्ड बांगो हुनु ।
  • पेट छातीभन्दा बाहिर आउनु; काँधहरू एउटै तहमा नहुनु; सुत्दा मुख खुल्ला हुनु; घाँटी, गर्धन, र टाउकोको पछाडिको भाग अस्वाभाविक देखिनु ।
  • नाभीको धड्कन आफ्नो ठाउँबाट हट्नु ।
  • खाना खाएपछि पेट भारी वा ढाडिएको अनुभव हुनु ।
  • नकारात्मक तथा विध्वंसात्मक सोच हुनु; अत्यधिक रिसाउने बानी हुनु; एकाग्रताको कमी हुनु ।
  • कपाल झर्नु, रूखो तथा सुख्खा हुनु र चाँया पर्नु ।
  • अनुहारमा कालोपोतो वा चाँया पर्नु; अनुहार सुन्निनु; डन्डीफोर आउनु, आदि ।

यो पनि पढ्नुहोस्

मायाले स्वास्थ्यमा हुने फाइदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !