४ बैशाख २०८१, मंगलबार

यस्ता छन् पानीको रोचक तथ्य


water
  • एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ ।
  • विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् ।
  • मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ ।
  • अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ ।
  •  मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन ।
  • एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ ।
  • अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन् ।
  • मानिसको शरीरको ६६ प्रतिशत पानीबाट बनेको हुन्छ ।
  • नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ ।
  • अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ ।
  •  विश्वको ७५ प्रतिशत भूभाग पानीले भरिएको छ ।
  • मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ ।
  • विश्वका ३३ प्रतिशत मानिसले बोत्तलको पानी प्रयोग गर्छन्, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ ।
  • मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९० प्रतिशत पानी हुन्छ भने जन्मँदा ७७ प्रतिशत हुन्छ ।
  • मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ ।
  • तातो पानी चिसोभन्दा चाँडो जम्छ ।
  • एक कप कफीका लागि हुने कफीको बियाँ उत्पादन गर्न २ सय लिटर पानीलाग्छ ।
  • एउटा सर्ट र पाइन्ट बनाउन सकिने कपास उत्पादन गर्न १० हजार लिटर पानी लाग्छ ।
  • विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ ।
  • एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ ।
  • अफ्रिकामा मात्र पानी संकलन गर्न ४० अर्ब घण्टा प्रयोग हुने गरेको छ ।
  • सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्यामा पानीको अभाव हुने आँकलन गरिएको छ ।
  • विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ ।
  • पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो ।
  • विकासोन्मुख मुलुकमा ५० प्रतिशत पानी चुहावट भएरै सकिन्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !