७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, सनग्लासको फाइदाहरु


sunglasses

जाडोको तुलनामा गर्मीमा पराबैजनी किरण तीन गुणा बढी हुन्छन् । यसैले गर्मी सुरु हुनेबित्तिकै सनग्लासको आवश्यकता महसुस हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पु¥याउँछ । विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छन् । त्यसैले गर्मीमा गगल्स फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

रेटिनालाई बचाउँछ
सनग्लासले सूर्यबाट निस्कने घातक पराबैजनी किरणबाट आँखाको रेटिनालाई बचाउँछ । घामको किरणले आँखामा असर पर्नासाथ धुलोको कणले रेटिनामा हुने क्षतिबाट बचाँउछ । यसैले घामबाट बाहिर निस्कँदा सनग्लास लगाउन नभुलौं ।

कर्नियालाई सुरक्षित राख्छ
चर्को घाममा त्यत्तिकै निस्कँदा पराबैजनी किरणले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुट्न सक्छ र यो कर्नियाका लागि हानिकारक हुन सक्छ । अर्थात् पराबैजनी किरणले रेटिनामा असर पु¥याएजस्तै कर्नियामा पनि असर पु¥याउँछ ।

बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ
घाममा सनग्लास नलगाउनाले बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ । यो छालाको क्यान्सरको सबैभन्दा आम समस्या हो । आँखा घामको किरणसंग सम्पर्क आउँदा यस्तो हुन सक्छ । बेसल सेल कार्सिनोमा आँखाको परेलाको छालाको क्यान्सर हो ।

कन्जेक्टिभालाई सुरक्षित राख्छ
आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्रलाई कन्जेक्टिभा भनिन्छ । यो आँखाको निकै संवेदनशिल भाग हो । जब यो सूर्यको किरणको सम्पर्कमा आउँछ, चिलाउन थाल्छ । यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ । यसैले बाहिर निस्कदा सनग्लास लगाउन नभुल्नुहोला ।

मोतियाविन्दुको जोखिमबाट बचाउँछ
मोतियाविन्दु आँखाको आम रोग हो । बढी उमेर भएका व्यक्तिलाई यो रोग लाग्छ । सूर्यको परावैजनी किरणका कारण पनि यस्तो हुन सक्छ । मोतियाविन्दु हुँदा आँखा धमिलो हुन्छ, जसबाट देख्न कठिनाई हुन्छ । यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ ।

सावधान
सनग्लास किन्दा विशेषगरी दुई कुरामा ध्यान दिनुहोला । एउटा चश्माको साइज र अर्को गुणस्तर । अर्थात् चश्मा परावैजनी किरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । अनि अर्को कुरा, चश्मामा स्क्र्याच वा धमिलोपना नआउन्जेलसम्ममात्र प्रयोग गर्नुहोला । सिसाको रंग पनि आँखालाई सुरक्षा दिने खालको मात्र छान्नुहोस् । घटिया लेन्सले आँखालाई असरमात्र गर्न सक्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !