१२ बैशाख २०८१, बुधबार

मुखमा अल्सर हुनुको ७ करणहरु


cankersore_Mouth_ulcer

मुखमा अल्सर धेरै सामान्य कुरा हो र सामान्य जनसंख्याको लगभग २० प्रतिशतलाई  मौखिक स्वास्थ्य सम्बन्धित बिमारीहरु हुने गर्छ। साथै मानिसको जीवनमा कम्तिमा एकपटक मुखको अल्सर भयको हुन्छ । मुखको अल्सर महिलाहरुमा धेरै सामान्य भएतापनि युवा र बच्चाहरुमा पनि यस्को असर पर्ने गर्छ।

मुखको अल्सरको कारण जानेर यस्लाई सजिलै रोक्न सकिन्छ्। यहाँ मुखमा हुने अल्सरको साधारण कारणहरुबारे जानकारी दिइएको छ।

१. केही खाद्य पदार्थ
कागति, टमाटर, सुन्ताला, स्ट्रबेरी र यस्तो अमिलो खनेकुराहरुले ट्रिगरको रूपमा कार्य गर्दछन्। चकलेट, बादाम, गहुँको पीठो जस्तै अन्य आहार स्रोतहरू मुखको अल्सरको करण बन्न सक्छ । mouth ulcer

२. मुख को सरसफाईको कारण
कडा खाद्य पदार्थ, अत्यधिक ब्रश र ब्रसहरू सही तरिकाले प्रयोग नगर्नु पनि धेरै मानिसहरूमा मुख अल्सरको कारण हुन सक्छन्। केही मानिसहरूको, टूथपेस्टमा समावेश सोडियम सल्फेटको प्रयोग पनि समस्या बडाउन सक्छ ।
oral health

३. तनाव र चिन्ता
जब तपाई निराश र चिन्तित हुनुहुन्छ, तपाईंको शरीरमा मुखको अल्सरलाई असर पार्ने रसायन निस्कने हुन्छ। त्यसैले जो मानिसहरु सधै तनावमा रहन्छन् उनिहरुलाई मुखको अल्सर हुने सम्भवना बढी हुन्छ ।
tention and depression

४. पोषणको कमी
विटामिन बी 12, आयरन र फोलिक एसिड जस्तै पोषक तत्वोको कमी ले गर्दा बिरामीलाई उच्च जोखिममा पुर्यौनुको साथै मुखको अल्सर पनि हुने गर्छ। मुखको अल्सरको खतराबाट बच्नको लगी विटामिन अनि खनिजहरु युक्त खनेकुराहरु आफ्नो दैनिक आहारमा समवेस गर्ने गरौँ ।
Vitamin B12

५. धूम्रपान छोड्दा
पहिलो पटक धुम्रपान छोड्दा सामन्य मानिस को तुलनमा सामन्य मानिसको तुलनमा मुखको अल्सर हुने सम्भवना बडि हुने गर्छ । यो अस्थयी र समान्य हो, किनकी यो समय शरिर आफै रसायेनिक परिवर्तन सँङ्गै समयोजित गर्ने कोसिस गरी रहेको हुन्छ ।
quiting smoke

६. हर्मोनल परिवर्तन
शरीरमा हर्मोनको स्तर परिवर्तन पनि मुखको अल्सरको कारण हो। समन्यतया महिनवरी हुदा महिलाहरुमा यो समस्य देखिने गर्छ ।
harmonal change

७. औषधीहरुको कारण
कहिलेकाहीं विरामीहरुमा रोगहरुको उपचारगर्न प्रयोग गरियको औषधीहरुको कारणले पनि मुखको अल्सर गराउँछ। छाती दुखाइको उपचार गर्न प्रयोग गरिने औषधीहरु जस्तै “बीटा ब्लकर्स” ले पनि मुखको अल्सर निम्त्याउने गर्छ ।
drugs


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !