७ बैशाख २०८१, शुक्रबार

गर्मीको मौसममा स्वस्थ रहनको लागि उचित फलफूल


falfull

गर्मी मौसम सुरु भएसँगै बजारमा विभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूलको सेवन गर्नु आवश्यक हुन्छ ।
१. आँप
आँपलाई फलफूलको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

२. खरबुजा
गर्मी मौसममा पाइने फल खरबुजा हो । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

३. लिची
गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

४. अंगूर
अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

५. काँक्रा
काँक्रामा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !