६ बैशाख २०८१, बिहिबार

उच्च रक्तचाप र कोलेस्ट्रोल हुने व्यक्तिको लागि उपयोगी फलफुल


falful

अहिलेको समयमा उच्च रक्तचाप र कोलेस्ट्रोल शब्द धेरै नै सामान्य भईसकेको छ । हाम्रो समाजमा सबैको साझा रोगको रुपमा उच्च रक्तचाप पर कोलेस्ट्रोललाई लिने गरिन्छ । प्रचलित यी रोगहरुबाट प्रत्येक घरमा कोही न कोही पीडित भएको पाइन्छ । जति सामान्य यी रोग छन् त्यति सजिलै हामीले यसबाट छुट्कारा पाउन सक्छौँ । हामीले प्रयोग गर्ने केही साधारण मौसमी फलफूलको नियमित सेवनले उच्च रक्तचाप, हृदयघात र कोलेस्ट्रोललाई कम गर्न सक्छौँ । त्यसैले घरमा कोहि यी रोगहरुबाट पीडित हुनुहुन्छ वा तपाईँलाई समस्या छ भने आजैदेखि यी फलहरु खान सुरु गरिदिनुस् । यी हुन् ती फलहरु जसले उच्च रक्तचाप, हृदयघात र कोलेस्ट्रोलकाबाट छुट्कारा दिलाउँछन्:

१. स्याउ
उच्च रक्तचाप भएकाहरुका लागि स्याउ अमृत समान हो । उच्च रक्तचाप भएकाहरुले नियमित दुई वटा स्याउ खाने गर्नुपर्छ । यसले पिसाब खुलेर हुने र छिटो छिटो हुनेगर्छ । जसले शरीरमा भएको नुनीय पदार्थ बाहिर आउने र किड्नीलाई आराम हुन्छ ।

२. कागती
मुटुको कमजोरी हटाउनका लागि कागतिले विशेष मद्दत गर्छ । कागतीको निरन्तर प्रयोगले रक्तबाहिनी नलीहरु नरम हुने र त्यसमा कोमलपन आउने गर्छ । जसले गर्दा रक्तबाहिनी नलीहरुको कठोरता हटेर जान्छ र उच्च रक्तचाप जस्ता रोगलाई निको पार्नमा कागती उपयोगि हुन्छ । यसले बुढेशकालमा पनि मुटु शक्तिशाली बनाइराख्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ । जुनसुकै अवस्थाको ब्लड प्रेसर भएपनि पानीमा कागति हालेर दिनमा ३–४ पटक सम्म पिउनाले लाभ हुन्छ । साथै चिया जस्तै तातोपानीमा एउटा कागतिको रस मिसाएर पिउनाले धेरै नै फाइदा हुन्छ ।

३. सुन्तला
उच्च रक्तचापमा दुई वटा सुन्तला दैनिक खाईराख्नुपर्छ, यसले रक्तचाप सामान्य हुन्छ । दैनिक बिहान खाली पेटमा एक गिलास सुन्तलाको रस जुसको रुपमा पिउने र दैनिक राति सुत्ने समयमा एक गिलास दूध पिउने बानी बसाल्नुपर्छ । यसमा पोटाशियम र क्लायल्शियम पर्याप्त मात्रामा पाइन्छ । सुन्तला र दूधमा पोटाशियम र क्याल्शियमको मात्रा बढी पाइने भएकाले यसको नियमित सेवनले रक्तचाप कम गर्न सकिन्छ । यी मिनरल्सले उच्च रक्तचापको प्रमुख कारक तत्व मानिएको सोडियमको मात्रा बढेर किड्नीमा हुन सक्ने क्षतिबाट जोगाउँछ ।

४. अमला
अमलामा सोडियम कम गर्ने क्षमता अत्यधिक मात्रामा हुन्छ । त्यसैले उच्च रक्तचाप रोगीका लागि अमलाको सेवन लाभदायक हुन्छ । यसले रगत बढाउने र सफा गर्नमा सहयोगी र शरीरलाई आवश्यक पर्ने फाइबर प्राप्त हुन्छ

५.केरा
केरामा पनि सोडियम कम गर्ने गुण हुन्छ । केरामा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्नका लागि सहयोगि हुन्छ । त्यसैले उच्च रक्तचाप रोगीले केराको नियमित सेवन गर्नु पर्छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले केराको नियमित सेवनले उच्च रक्तचाप र हृदयघात हुने खतरा कम हुने बताएको छ ।

६. मेवा
मौसमी फलमध्ये एक हो मेवा । प्रत्येक दिन नियमित रुपले खाली पेटमा २५० ग्राम मेवा दुई देखि तीन महिना सम्म निरन्तर खानाले उच्च रक्तचाप सामान्य अवस्थामा आउँछ ।

७. सलगम (चुकन्दर)
सलगममा नाइट्रेट अत्यधिक मात्रामा पाइन्छ । नाइट्रेट सेवनले शरीरमा नाइट्रिक अक्साइड परिवर्तन भएर जान्छ । नाइट्रिक अक्साइडले संकुचित भएको रक्त नलीहरुलाई खोल्नमा उपयोगी हुन्छ । त्यसैले सलगमको सेवन गर्नाले उच्च रक्तचाप र मुटु सम्बन्धी रोगहरुमा लाभदायक हुन्छ ।

८. अंगुर
हाम्रो शरीरमा एन्टी अक्सीडेन्ट र प्रो अक्सीडेन्ट दु्वै पाइन्छ । यदि प्रो अक्सीडेन्ट बढी भयो भने हृदयरोग र क्यान्सर अथवा अन्य खतरनाक रोगहरु लाग्न सक्ने सम्भावना बढेर जान्छ । कालो र हरियो अंगुरमा एन्टी अक्सीडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले अंगुरको सेवनले हृदयघात र क्यानसर जस्ता अन्य खतरनाक रोग लाग्ने सम्भावना कम हुन्छ ।-एजेन्सीको सहयागमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !